२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

गाउँपालिकामा तालावन्दी



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकामा तालावन्दी भएको छ । गाउँपालिकाको केन्द्र सार्ने छलफल शुरु भएपछि स्थानीयवासीहरुले गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेका छन ।
बुधवारवाट शुरु हुने गाउँ सभाको तैयारी भैरहेको तथा मालिका गाउँपालिकाको केन्द्र अन्यत्रै सार्ने छलफल शुरु भएको भन्दै स्थानीयवासीहरुले मगंलवार दिउसो गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेका हुन ।
साविकको अर्खवाङ्ग गाविस भवन ठुलाचौरवाट कामकाज गदै आएको मालिका गाउँपालिकाको केन्द्र नजिकै मुलावारी भन्ने स्थानमा सार्ने तयारी भएको छ । बुधवारवाट शुरु हुने हिउदे अधिबेशन तथा गाउँ सभाले गाउँपालिकाको केन्द्र नजिकै मुलावारीमा सार्ने प्रस्ताव अगाडि बढाउने तयारी गरेको भन्दै स्थानीयले मगंलवार दिउसो ठुलाचौरमा नारावाजी गदै गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेर आन्दोलनमा उत्रेका छन ।
स्थानीयवासीहरुले अहिले जहाँवाट गाउँपालिकाको कामकाज भएको छ सोही स्थानमै गाउँपालिकाको केन्द्र राख्न गाउँ कार्यपालिकालाई दवाव समेत दिएका छन । उनीहरुले मालिका गाउँकार्यपालिकाको केन्द्र सार्ने प्रस्ताव फिर्ता गर्नका लागि माग गरेको जनाएका छन ।
यता गाउँपालिकाले भने अहिलेको केन्द्र रहेको स्थान साघुरो भएकाले नजिकै सार्ने तयारी भएको जनाएको छ । कार्यपालिका एक सदस्यका अनुसार अहिलेको केन्द्रवाट सार्ने तयारी भएको केन्द्रको दुरी नजिकै भएकाले कसैले विरोध गर्न नपर्ने बताए । नजिकै १५÷२० मिनेटको पैदल दुरीमा केन्द्र सार्ने तयारी भएको छ उनले भने‘ अलिकति अन्य वडाहरुलाई समेत पायक पर्ने भएकाले सार्न लागिएको हो ।’

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  ११ : ५३ बजे