२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु : मोहन बैद्य



बुटवल, १३ पुस ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएकाले नया जनवादी क्रान्तिको तयारीमा जुटेको बताउनुभएको छ ।
बुधबार बुटवलमा पार्टीको प्रदेश नं ५ को प्रादेशिक स्तरीय प्रशिक्षण तथा बैठकको उद्घाटन गदैं अध्यक्ष वैद्यले अब क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकीकरण र धु्रवीकरण हुनुपर्ने बताउनुभयो ।
सच्चा क्रान्तिकारीलाई गोलबन्द गरी एकिकरण गर्न पार्टीले विप्लव,ऋषि कट्टेल र मसालसंग छलफल चलाएको उहाले बताउनुभयो । अर्को प्रसंगमा अध्यक्ष वैद्यले मुलुकमा पश्चगामी संसदीय व्यवस्थालाई संरक्षण गर्न बाम र लोकतान्त्रीक गठबन्धन बनेको दावी गर्नुभयो ।
बहुदलीय र बहुलवादलाई सिध्याएर कांग्रेस–एमाले र माओवादी केन्द्रले मुलुकमा पांच दलीयवाद लाद्न खोजेको उहांले आरोप लगाउंनुभयो । उहांले एमाले र माओवादी केन्द्रको एकतालाई एकता नभई माओवादी केन्द्र एमालेमा विलय हुने जिकिर गर्नुभयो ।
पार्टी स्थायी समिति सदस्य परि थापाले संसदीय पार्टीकै कारण मुलुकमा संसदीय व्यवस्था कमजोर बन्दैं गएको दावी गर्नुभयो ।
संसदीय व्यवस्था कमजोर बन्दैं गएकाले संसदीय पार्टीहरु त्यसलाई जिवित राख्न लागि परेको उहांले टिप्पणी गर्नुभयो । संविधान र संसदीय व्यवस्था खारेजीका लागि मोर्चाले चुनावलाई क्रान्तिकारी उपयोग गर्नु सही भएको उहांले बताउंनुभयो ।

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  १२ : २६ बजे