२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुका यि हुन भाग्यमानी महिला !



मायादेवी अनलाइन, कपिलवस्तु, १४ पुस ।
देशको सबैभन्दा ठुलो दल नेकपा (एमाले), तेस्रो ठुलो दल नेकपा (माओबादी केन्द्र) र चौथो ठुलो दल संघिय समाजबादी फोरम नेपालले प्रदेशसभा तर्फको समानुपातिक सांसद चयन गरेका छन । एमाले, माओबादी केन्द्र र फोरमले समानुपातिक तर्फ आफुले पाएका सांसदहरुको नाम चयन गरेका हुन । दलहरुले चयन गरेका प्रदेश सांसद मध्ये प्रदेश नम्बर पाँचमा पर्ने कपिलवस्तुमा तीन दलबाट एक एक जना महिलाले सांसद बन्ने अवसर पाएका छन ।
जसमा एमालेबाट कपिलवस्तुकी फौजिया नसिम सांसद बन्नुभएको छ । माओबादी केन्द्रबाट सुष्मा यादव सांसद बन्नुभएको छ भने संघिय समाजबादी फोरम नेपालबाट गीता श्रीवास्तव प्रदेश सांसद बन्नुभएको छ ।
प्रदेश नम्बर ५ मा एमालेले १३, माओबादी केन्द्रले ६ र फोरम नेपालले २ सांसद पाएको छ । कांग्रेसले भने प्रदेश सांसदको समानुपातिक सुचि निर्वाचन आयोगमा अझै बुझाएको छैन ।

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  २ : ३५ बजे