२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

गोकर्ण भन्छन्, प्रदेश राजधानी ‘लुम्बिनी’ हुनुपर्छ



गुल्मी, १४ पुस ।
नेकपा एमालेका केन्दिय सचिव एबं गुल्मी क्षेत्र नं. २ का संसद गोकर्ण बिष्टले बाम एकता बारे कसैले शंका नगर्न आग्रह गरेका छन् । शुक्रवार गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसको ३५ औ वार्षिक उत्सव कार्यक्रमको उदघाटन गर्दै बिष्टले दुईपार्टी बिचको बैचारीक एकता भएकाले संगठन संरचना कस्तो रहने देखि नयाँ संरचना सहितको नयाँ पार्टी निर्माण हुँने भएकाले पनि केहि ढिलाई भएको बताए ।
उनले पमपन्थी एकताबारे बाहिर आएको हल्लाहरु सत्यता नभएको बताए । अब दुईपार्टी एकता कुनैपनि हालतमा रोकिदैन् बिष्टले भने ‘त्यसको निम्ती एमालेका पार्टी अध्यक्ष र माओवादीका पार्टी अध्यक्ष बिच दिनहु छलफल भइरहेको छ, बाम एकता भएरै छोडछ ।’ नेपालको कम्यूनिष्ट आन्दोलन र मर्मलाई मध्यनजर राखेर कम्यूनिष्ट शक्तिहरु एकजुट भएर अगाडी बढने बताए ।
उनले अबको केहि दिनमै बामपन्थीहरुको सरकार बन्ने बताए । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न साथ नयाँ सरकारको बाटो अघि बढ्ने बताए । नेता बिष्टले नेपालको शिक्षा प्रणाली अब परिर्वतन गर्नु पर्ने अबस्था आएको बताए । उनले शिक्षाले नै देश र जनताको परिर्वतन हुँदै आएकाले हाम्रो शिक्षा प्रणाली उत्पादन मुखि हुनुपर्ने जोड दिए । उनले भने ‘जनताका छोराछोरीलाई शैक्षिक हिसावले माथि उठाउने, जनताले प्राप्त गर्ने शिक्षाको अधिकरलाई सुरक्षित गर्दै अबको शिक्षाले आम्दानीको भरपर्दो व्यवस्था हुने गरि रोजगारी नपाएर विदेशमा भौतारीनुपर्ने अवस्था अन्त्य गर्न तर्फ जोड दिएका छौं ।’ दुई तिरका छिमेकी देशरुहले आर्थिक स्तर माथि उठाएकोले केही समयभित्र जनताको जीवनस्तर उठाउन नसकेमा हामी धेरे पछाडी पर्छौ बिष्टले भने ‘अब हामीले राजनितिक स्वर्थ भन्दा माथी उठेर देस र जनताको पक्षमा काम गर्ने बेलाएको छ ।’ उनले अबको समय शिक्षा नपाएर बेरोजगार हुने पर्ने अवस्था अन्त्य गर्र्नुपर्ने जोड दिए ।
उनले जिल्लाको पुरानो र स्थानिय समुदायबाट सञ्चालिन रेसुङ्गा बहुमुखी क्याम्पसलाई अब छिट्टै आंगिक क्याम्पस बनाउने जोड दिए । अबको आबश्यकता सहितको शिक्षा दिने गरि यो क्याम्पसको स्तर उन्नती देखि सरकारी क्याम्पस बनाउन तर्फ ध्यान दिएका छौ उनले भने ‘यो क्याम्पसले कसैले पनि शिक्षाको पहुच दिनबाट बञ्चीत हुन दिँदैनन् ।’ पूर्व उर्जा मन्त्री समेत रहेका बिष्टले पाँच नम्बर प्रदेशको राजधानी गौतमबुद्धको जन्मस्थललाई सम्मान गर्दै लुम्बिनीमा हुनुपर्ने जोड दिए । राजधानी तोक्ने जिम्मा प्रदेश सभाको जिम्मा रहेकाले राजधानीको बारे प्रदेश सभाले नै फैसला गर्ने बताए ।

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  २ : ५० बजे