१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कांग्रेसले पनि टुङ्गो लगायो प्रदेश सांसद, कपिलवस्तुका को को परे ?



कपिलवस्तु, १५ पुस ।
नेपाली कांग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ । निर्वाचन आयोगमा दिउँसो नै पार्टीको तर्फबाट पत्र दर्ता भएको थियो । नाम भने राती मात्र पार्टीले बुझाउन सकेको हो ।

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो । प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो । जस अनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा काँग्रेसले पठाएको हो। ७२ जनामा ३५ जना महिलालाई काँग्रेसले प्रदेशमा पठाएको छ ।

नाम टुङगो लगाउन नेताहरुबीच लामो छलफल र परामर्श भएको थियो । यसअघी निर्वाचन आयोगलाई पठाएका नामावलीको प्राथमिकताको क्रममा नेताहरुको गम्भिर छलफल भएको थियो । लामो छलफल पछि निर्वाचन आयोगले तोकेको अन्तिम म्यादमा काँग्रेसले आफ्नो नाम पठाउन सकेको हो । अरु दलले बिहिवार र शुक्रवार दिउँसो नाम पठाएका थिए ।

शुक्रवार आयोगलाई नाम बुझाएपछि आयोगले यसअघी पठाएको प्राथमिकताको क्रमसँग जुधाएर हेर्नेछ । त्यसपछि मात्र ३ दिनपछि नाम आयोगले सार्वजनिक गर्नेछ। आयोगले नाम सार्वजनिक गरेपछि मात्र समानुपातिक सांसदको नाममा टुङगो लाग्नेछ । यस ३ दिनभित्र दलहरुले नाम मिलाउन समेत सक्नेछन् ।
यि हुन कांग्रेसका प्रदेश समानुपातिक सांसद
प्रदेश ५
बलदेव शर्मा पोखरेल
निर्मला क्षेत्री
रमा अर्याल
वीरबहादुर राना
भुवनेश्वर चौधरी
पुष्पा थरुनी
माला गोतामे सुनार
रुन्धावती दुवे
अर्जुनकुमार श्रेष्ठ
रिना विक
सूर्यमति उपाध्याय
मो. याकुल अन्सारी

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  १ : २३ बजे