१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कराँते तथा किकबक्सिङमा नेपाल च्याम्पियन



लक्ष्मण पोख्रेल, रुपन्देही, १६ पुस ।
भारतमा सम्पन्न दक्षिण एशियाली कराँते तथा किकबक्सिङ च्याम्पियनसिपमा नेपाल च्याम्पियन भएको छ । शुक्रबार राति भारतको राजधानी नँया दिल्लीमा सम्पन्न तेस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराँते तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त ग¥यो । नेपालले १६ स्वर्ण सहित ४ रजत र १ काश्य पदक जित्दै च्याम्पियन भएको हो । मार्शल आर्टस् स्कुल एशोसियसन अफ ईन्डियाको आयोजनामा भएको प्रतियोगितामा भारतीयय टिम दोश्रो स्थान र श्रीलंकाको टिम तेश्रो स्थानमा रहे ।

प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरियो कराँते डोजांग मिसन संघका २१ खेलाडी सबैले पदक जितेका छन् । नेपाली टोलीका साहिल गुरुङ, प्रशान्त थापा, प्रशुन शाही, डिब्बिन गुरुङ, रिजन पाण्डे, एलिशा घिमिरे, शिवम बस्नेत, रोशन राना, सुमन परियार, शिबानी बस्नेत, शुष्मा पाण्डे, बिपना जिएम, मेखबहादुर जिएम, बिपिन राना, राजकुमार हरिजन र सञ्जय चौधरीले स्वर्ण पदक जिते । त्यस्तैगरी रजत पदक बिजेता खेलाडीमा प्रियंका थापा, क्रितिमा गौतम, कनिष्क राना, र दिलबहादुर बुढाथोकी छन् काश्य पदकतर्फ रुपा रानाले छिन् ।
जापान गोजुरियो कराँते डोजांग मिसन संघका अध्यक्ष एबं प्रमुख प्रशिक्षक काजी रानाले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको बताउनुभयो ।
संघका केन्द्रिय सचिव गिरीप्रसाद पुनले अन्र्राष्ट्रिय खेलमा खेलाडीले नेपालको झण्डलाई उचा राखेको बताउनुभयो । उहाले राज्य अब कराँते खेलाडीहरुको उत्थानका लागि लगानी गर्नु पर्ने बताउनुभयो ।

नेपाली खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षण दिइएको र बिगतका प्रतियोगिताहरुमा पनि भारतमा उत्कृष्ट नतिजा ल्याएका अनुभबी खेलाडी टिममा सहभागी भएकाले प्रतियोगितामा राम्रो नतिजा ल्याएको टिम संयोजक तथा जापान गोजुरियो कराँते डोजांग मिसन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगरले बताउनुभयो ।
बिजेता खेलाडीहरुलाई दिल्ली क्षेत्रका लोकसभा सदस्य एबं भाजपा नेता मनोज तिवारी, नेशनल कराँते फेडरेशन अफ इण्डियाका महासचिब तथा संस्थापक राजु थापा, मासाका फाउन्डर तथा ग्राण्ड मास्र्टस हरिश कुमार, भारतीय मार्शल आर्ट प्रशिक्षक संघका अमित चुघा, बिनयमणि त्रिपाठी, जापान गोजुरियो कराँते डोजांग मिसन संघ नेपालका अध्यक्ष काजी राना लगायतले पदक, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
दिल्लीस्थित तालकटोरा ईन्डोर स्टेडियममा सम्पन्न प्रतियोगितामा नेपाल, आयोजक भारतसहित श्रीलंका, भुटान, बंगलादेश र मालदिभ्सका गरी २ सय बढी खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  ३ : ११ बजे