२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

६५ औ विश्व कुष्टरोग दिवसको अवसरमा कार्यक्रम



दिपा महत, कपिलवस्तु, माघ ।
वाणगंगा नगरपालिकाको कार्यलयमा ६५ औ विश्व कुष्टरोग दिवस मनाईएको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख चक्र अर्यालले वाणगंगा नगरपालिका भित्र गरिने स्वास्थ्यका सबै गतिविधीमा नगरपालिकाको सहयोग रहने बताउनुभयो । कार्यक्रममा मोतीपुर स्वास्थ्य चौकीका ईन्चार्ज रामप्रसाद गौतमले कुष्टरोगको चिन्ह, लक्षणहरु तथा रोकथामका उपायहरु बारे जानकारी गराउनु भएको थियो ।
साथै आगामी दिनमा यस नगरपालिकालाई कुष्ठरोग मुक्त नगरबनाउन सबै स्वाथ्य कर्मी लागी पर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा वाणगंगा नगरपालिकाका सबै स्वास्थ्य प्रमुखहरुको सहभागिता रहेको थियो । नगरपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद घिमिरेको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन गजेहडा स्वास्थ्य प्रमुख कमल ज्ञवालीले गर्नु भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७४ आइतबार ००:००  १ : ५९ बजे