२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

चिसोका कारण पश्चिम नेपालको जनजीवन प्रभावित



कपिलबस्तु, १७ पुस ।
विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण कपिलबस्तु जिल्ला भरकै जनजीवनमा प्रत्यक्ष असर परेको छ । घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् ।
चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने चिसोका कारण खेतमा काम गर्न जान नसकेको यहाका किसानहरुले बताएका छन ।
चिसो र शीतलहर बढेको हुँदा तरकारी खेती पनि प्रभावित भएको किसानले दुखेसो व्यक्त गरेका छन् । आलु गोलभेँडा लगायतका तरकारीमा डडुवा रोग लागेर तरकारी बाली नष्ट भएका छन ।
चिसोले गर्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित भएको अवस्था छ । चिसोले वृद्धवृद्धामा बाथ, दम, रुघाखोकीको प्रकोप देखा परेको छ भने बालबालिकामा निमोनिया श्वासप्रश्वासका रोगी उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने गरेको चिकित्कहरु बताउछन ।
चिसोले स्कुले बालबालिकाको विद्यालय जाने संख्या कम भइरहेको छ । चिसोबाट बच्नका लागि बढी तातो भई बस्ने र बढी तातो पेय पदार्थ पिउने र घरमै बस्न चिकित्सकले सल्लाह दिएका छन् ।

 

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  १२ : ३८ बजे