२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

एमाले भलवाडका स्थानीय नेताको निधन



बाबुराम रायमाझी, भलवाड, १७ पुस ।
वाणगंगा नगरपालिका वडा नं. ९ भर्लावास निवासी तथा नेकपा एमालेका स्थानीय नेता दुर्गा बहादुर महतराको मृत्यु भएको छ ।
उहाको पार्थिव शरीरलाई आइतबार लक्ष्मणघाट नदीकोतटमा नेकपा एमालेका प्रदेश कमिटीका सदस्य कृष्ण पौडेलले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिनु भएको छ ।
सो सभामा प्रदेश कमिटीका सदस्य प्रभा पौडेल, वन तथा वातावरणका केन्द्रिय सदस्य जञ्जीर प्रसाद थारु, जिल्ला कमिटी सल्लाहाकार परीषद सदस्य कुमार मधु वेल्वासे वडा ९ का वडाध्यक्ष धुर्व वेल्वासे, सञ्चारकर्मी बाबुराम रायमाझी, वडा सदस्य भिम बहादुर पुन लगायत गरी सयौको संख्यामा अन्तिम श्रद्धाञ्जली सभामा उपस्थित हुनुभएको थियो ।
सो श्रद्धाञ्जली सभा अगाडी १ मिनेट मौन धारण गरीएको थियो । महतराको आफनो छोरा संग साउदी अरबमा फोन गर्दा गर्दै ह्दयघात भई ४६ वर्षको अल्पआयु मै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  १ : ४० बजे