२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सितगंगाका खसीबोका सहकारी मार्फत बिक्रि गरिने



अर्घाखाँची, १७ पुस ।
अर्घाखाँचीको सितगंगा नगरपालिकामा खसी, बोका तथा अन्य उत्पादनहरु सहकारी मार्फत बिक्रि वितरण गर्न सुरु गरिएको छ । एक्ला एक्लै भन्दा सहकारीबाट बिक्रि वितरण गर्दा सजिलो र नाफा बढि हुने भएपछि खसी, बोका तथा अन्य उत्पादनहरु सहकारीमार्फत बिक्रि वितरण गर्न सुरु गरिएको जागृति कृषि तथा पशु विकाश सहकारी संस्थाकी सीता पोख्रेलले बताउनुभयो ।
नगरपालिकामा रहेका महिला समूहहरु सहकारीमा रुपान्तरण भएका छन् । सुरुमा मासिक १० रुपैयाँबाट बचत सुरु गरेर गठन गरेको स्वाबलम्बी महिला समूहले अहिले सहकारीमा रुपान्तरण हुदाँ एक सय रुपैयाँ बचत गर्न थालेका छन् ।
३५ महिनाको अवधिमा बाख्रा विकाश परियोजना कार्यक्रम मार्फत महिलाका लागि क्षमता विकाश कार्यक्रम सञ्चालन गरेको हेफर इन्टरनेश्नलका कार्यक्रम संयोजक राधाकृष्ण शर्माले बताउनुभयो ।
सितगंगा नगरपालिका भित्र सहकारीमा रुपान्तरण भएका समूहलाई व्यवस्थित गर्न नगरपालिका लागि पर्ने नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गरिरहेको संस्था नेपाल चेतना केन्द्रका सल्लाहाकार रामकुमार क्षेत्रीले सिद्धारामा कार्यक्रम प्रभाकारी बनाउन सहयोग गर्ने सबै जनालाई धन्यवाद दिँदै आगामी दिनमा पनि संस्था साथमा रहने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  २ : २३ बजे