५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

समानुपातिकको सिट निर्धारणका लागि वाम गठबन्धनले आयोगको ध्यानाकर्षण गराउँदै



काठमाडौं, पुस १७ ।
एमाले र माओवादीले प्रतिनिधिसभाको समानुपातिकको सिट तत्तकाल बाँडफाँड गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएका छन् ।
आयोगले राष्ट्रियसभाको गठनपछि मात्र समानुपतिकको सिट निर्धारण गर्ने बताइरहेका बेला वाम गठबन्धनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आयोगलाई औपचारिक आग्रह गर्ने भएका हुन् ।
एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार सोमबार दिउँसो ३ बजे दुवै पार्टीका शीर्ष नेतासहित गएर आयोगको ध्यानाकर्षण गराउने भएका हुन् । कांग्रेसले पनि राष्ट्रियसभाको गठनपछि मात्र नयाँ सरकार बन्ने जिकिर गर्दै आएको छ ।
समानुपातिको सिट तत्काल निर्धारण गर्नुपर्ने र राष्ट्रियसभाको गठनपछि गर्ने भन्ने विषयमा आयोगका पदाधिकारी एमाले नेताबिच केही दिनयता आरोप प्रत्यारोप हुँदै आएको छ ।

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  ७ : ५८ बजे