५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

जन्मदिनको अवसरमा स्ववियु सभापतिको उदाहरणीय काम



मायादेवी अनलाइन, कपिलवस्तु, १८ पुस ।
सिद्धार्थ क्याम्पस बुङ्चीका स्वबियु सभापती शुशिल खत्रीले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।
सिद्धार्थ क्याम्पस बुङ्चीमा स्नातक तह अध्यनरत बिद्यार्थीहरुमध्येबाट गरिब तथा जेहेन्दार ५ जना बिद्यार्थीहरुलाई नगद रकम प्रदान गर्नुभएको हो । सोमबार बिहान एक कार्यक्रमको आयोजना गरी उहाँले उक्त रकम प्रदान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख बालाराम ज्ञवालीले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग गरेकोमा धन्यबाद दिनुभयो । पछिल्लो समय युवाहरुले पश्चिमा शैली सिको गर्दै रेष्टुरेन्ट र होटलहरुमा गएर मोटो रकम खर्च गरी जन्मदिन मनाउने परम्परा चल्दै आएकोमा त्यसको बिपरित उदाहरणिय कार्य गरेकोमा खुसी लागेको उहाले बताउनुभयो ।
रकम प्रदान पश्चात आर्थिक अबस्थाबाट पिल्सिएका बिद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको सभापति खत्रीले बताउनुभयो । पढ्ने रहर हुदा पनी आर्थिक अबस्था नाजुक भएकै कारण सामान्य बिद्यालयमा समेत गरिब बर्गका छोराछोरी पढ्न नसकेका कैयौ उदाहरण समाजमा अझै कायम रहेको उहाँको भनाई छ । धनी र गरिब बिचको खाडल अन्त्य गर्नुपर्ने, आर्थिक अबस्थाकै कारण शिक्षा बाट कोही पनी बन्चित नहुनु पर्नेमा उनले जोड दिएका थिए । उनी १७ गते बाट २५ बर्ष पुरा गरी २६ मा लागेका छन ।
बिद्यार्थी नेता शुशिल पौडेलको शुभकामना मन्तव्य, रमेश गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उक्त क्याम्पसका शिक्षक र बिद्यार्थीहरुको उल्लेख्य शहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ५ : ०८ बजे