५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

पाल्पामा निःशुल्क उपलब्ध हुने औषधिको अभाव



पाल्पा, पुस १८ । पाल्पामा निःशुल्क रुपमा वितरण गरिने औषधिको अभाव हुन थालेको छ । जिल्ला अस्पताल, स्वास्थ्य चौकी लगायत सरकारी स्वास्थ्य संस्थामा झाडापखला ,आइरन चक्की सँगै सुत्केरीले पाउनुपर्ने नियमित औषधिको समेत अभाव हुँदै गएको छ ।

स्वास्थ्य संस्था संचालनको अधिकार र बजेट पाएर पनि कतिपय स्थानीय तहमा त्यसको व्यवस्थापनबारे अन्यौल देखिएकोले निःशुल्क बाँडिने औषधिको अभाव देखिएको जनप्रतिनिधिले जनाएका छन् ।

खरिदको बोलपत्र आह्वान गर्न नसकेका वा बजेट निकासा गर्ने जस्ता व्यवस्थापकीय काममा अल्झिएकाले स्थानीय तहले समयमा औषधि खरिद गर्न नसकेपछि बिरामी मर्कामा परेका हुन् । नेपाल सरकारले विभिन्न १०८ प्रकारका ७० वटा औषधि बिरामीलाई निःशुल्क वितरण गर्ने भने पनि सबै औषधि बिरामीले सहज रुपमा प्राप्त गर्न सकिरहेका छैनन् ।

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ६ : ०१ बजे