५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

ट्र्याक्टरको ठक्करबाट पन्ध्र महिने बालकको मृत्यु



कपिलवस्तु, १८ पुस ।
महाराजगञ्ज नगरपालिका– ५ इरटोलमा ट्र्याक्टरको ठक्करबाट आज बिहान ८ बजे पन्ध्रमहिने बालकको ज्यान गएको छ ।
इरटोल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । घरमा खेलिरहेको बालक सडकमा निस्कने क्रममा लु३त ६१२४ नंको ट्र्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टरका चालक फरार छन् भने ट्र्याक्टर प्रहरीको नियन्त्रणमा छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक सुवासचन्द्र गैरेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ८ : ३५ बजे