५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

माओवादी केन्द्रको बैठक सुरु



ललितपुर, पुस १८ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास ललिपतपुरको खुमलटारमा चलिरहेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको तयारीलगायत विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादीबीच पार्टी एकताका विषयमा ठोस काम अघि बढ्न सकेको छैन ।

माओवादी केन्द्रले पार्टी एकता र नयाँ सरकारको काम एकैसाथ अघि बढाउने निर्णय गरेको थियो । नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भए पार्टी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिनुपर्ने माओवादी केन्द्रका नेताहरुले बताउँदै आएका छन् ।

नयाँ सरकारको नेतृत्व गर्न कांग्रेसले माओवादीलाई प्रस्ताव गरिरहेको चर्चा चलिरहेका बेला माओवादीले आन्तरिक छलफल गरिरहेको हो ।

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ८ : ४० बजे