३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

बुद्धभुमिका जनप्रतिनिधि मुखदर्शक बन्दै



कपिलबस्तु, २० पुस ।
कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको वडा नं. ९ स्थित धमौली गाउँमा अगैया नदी तथा झिगही नदीको कटानलाई रोक्न तटबन्धनको कार्य भइ रहेको छ । उक्त कार्य जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. १५ गोरुसिंगेको निर्देशनमा भएको बुझिएको छ तर उक्त कार्यमा जनतालाई भ्रम छर्दै सोझासिधा गाउँले जनतालाई प्रयोग गरि उपभोक्ता समितिको नाममा विचौलिया प्रयोग भएको पाइएको छ ।
स्थानिय दररेट भन्दा कैयौ गुणा महगो पर्ने गरि ढुङ्गाको मुल्य निर्धारण गरेर बनाइएको स्टिमेट अनुसार काम भई रहेको भएपनि उक्त काम सन्तोषजनक नरहेको उक्त गाउँका बासिन्दाले बताए । बर्षातको समयमा बाढी कटानको डर बजेट आउँदा कसरी हुन्छ बाढी चुढी खाने दाउमा लाग्छन् राम्रो काम हुँदैन निरास हुदै गाउँलेले बताए । उनिहरुका अनुसार जन प्रतिनिधी आएपछि भ्रष्टाचारमा कमी होला भनेको त केही भएन उही पुरानै रवैया दोहोरियो ।
उक्त कार्यमा नगरपालिका तथा जनप्रतिनिधीहरुले समेत कुनै वास्ता गरेका छैन बरु स्टिमे नै नहेरी हचुवाको भरमा सिफारिस लगायतका कार्यमा सहयोग गरेका छन । यहाँ जनतालाई भ्रममा पार्दै विचौलिया प्रयोग गरि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयका कार्यालय प्रमुख एवं साइड इन्जिनियरहरुको मिलेमतोमा अत्यधिक मात्रामा कमिशनको खेलमा लागेको स्पष्ट देख्न सकिन्छ ।

 

प्रकाशित मिति : २० पुस २०७४ बिहिबार ००:००  ४ : २० बजे