३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

कपिलवस्तुमा सुपारी तस्कर सक्रिय, भारतीय गाडी सहीत ठुलो परिमाणमा सुपारी बरामद



मायादेवी अनलाइन, तौलिहवा, २० पुस ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले सिर्सिहवा नाकामा ३४ बोरा ( दुई हजार ४० किलो ) सुपारी बरामद गरेको छ । बुधबार विहान साढे २ बजेको समयमा उक्त परिणामको सुपारी बरामद गरेको कृष्णनगर प्रहरीले विहिबार जानकारी दिएको छ । ठुलो परिमाणको सुपारी सहीत युपी ५५ टी ०६३३ नम्बरको सवारी साधन पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक (सई) चन्द्र प्रसाद शर्माले बताए ।

तस्करहरुले कृष्णनगर नगरपालिका– ४ डुमही नाकाबाट सुपारी भारत तर्फ छिराई सकेका थिए । भारतीय एसएसबिले पिछा गरे पछि सिर्सिहवा नाका हुँदै नेपाल तर्फ फर्काउने क्रममा सुपारी बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सुपारी र गाडी कृष्णनगर भन्सार चलान गरिएको प्रहरी नायव निरिक्षक शर्माले जानकारी दिए ।

केही महिना अघि सम्म रोकिएको सुपारी तस्करी जिल्लामा फेरी सुरु हुन थालेको छ । जिल्लाको कृष्णनगर क्षेत्रमा बढी सुपारी तस्करी हुदै आएको विभिन्न समयमा घट्ने घटनाले देखाउदै आएको छ । तस्करहरुले सेटिङ नै मिलाएर कृष्णनगर देखि पश्चिमका नाकाहरुबाट तस्करी गर्ने गरेको स्रोत बताउँछ । प्रहरीले कडाई गरे पछि केही महिला अघि सम्म सुपारी तस्करी रोकिएको थियो । तर चुनावी माहोलको मौका छोपि तस्कर मैलाउन थालेका हुन ।

भरपर्दो स्रोतका अनुसार सो सुपारी पप्पु भन्ने तस्कर समुहको हो । एक बर्ष अघि सम्म एउटै समुहमा काम गर्ने सुपारी तस्करहरुको समुह अहिले भने बाडिएको स्रोतले जनाएकोछ । पहिला रिन्कु गुप्ता र पप्पु समुह एक भएर कारोकार गर्थे । दुबै समुहले मौसम अनुसार ज्याकेट कम्बल, सुपारी, दाल लगायत सामाग्रीहरुको विभिन्न सीमानाकाहरुबाट तस्करी गर्ने गरेका छन ।

पुर्वबाट खरिद गरी ल्याएको सुपारी तस्करहरुले कपिलवस्तुका कृष्णनगर र अन्य बजारमा गोदाम बनाएर राख्ने गरेका छन । त्यही सुपारी जिल्लाका बिभिन्न नाकाबाट भारत लग्ने गरेका छन ।

प्रकाशित मिति : २० पुस २०७४ बिहिबार ००:००  १२ : १६ बजे