३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

कांग्रेसकि सूर्यमतीको सांसद पद यसरी खोसियो, सोनारलाई भने यस्तो अवसर !



कपिलवस्तु, २१ पुस ।
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले समानुपातिक सांसदको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको छ । निर्वाचन आयोगले नामावली संशोधन गरेर पठाउन पत्राचार गरेपछि कांग्रेसले संशोधित नामावली बुझाएको हो ।
प्रदेश नम्बर १, २ र ५ का चार जनाको नाम संशोधन गरेर निर्वाचन आयोगमा नामावली पठाएको नेपाली कांग्रेसले जनाएको छ । प्रदेश १ मा सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम पेश गरिएको छ ।
क्रम संख्यामा शान्ता एक नम्बरमा भए पनि तीन नम्बरमा रहेकी सीतादेवीको नाम पठाएको थियो । प्रदेश १ मै टेकचन्द्र विश्वासको नाम हटाएर कल्पना कुमारी सरदारको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको छ ।
यसैगरी प्रदेश नम्बर २ मा सलमा खातुनको नाम हटाएर आदिवासी जनजाती कोटाबाट शोभा लामाको नाम बुझाइएको छ ।
यस्तै प्रदेश ५ मा सूर्यमती उपाध्यायको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटामा पठाइएको छ । क्रम संख्या नमिलेको र समानुपातिक क्लस्टर नमिलेको पाइएपछि निर्वाचन आयोगले पुस २० गतेसम्म संशोधित नामावली सच्याउन कांग्रेस सहित ६ राजनीतिक दललाई पत्राचार गरेको थियो ।
यसै बीच निर्वाचन आयोगको निर्देशनमा नेपाली कांग्रेसले नामावली सच्चाएर पठाउदा प्रदेश ५ मा हटाइकी सूर्यमती उपाध्यायको सट्टा प्रदेश सांसदमा कपिलवस्तुकी शान्तिदेवी वर्मा सोनारलाई कांग्रेसले पठाएकोछ ।
नेपाली काँग्रेस पार्टीबाट प्रदेश नम्बर ५ को प्रदेशसभा सदस्यको समानुपातिक तर्फको अल्पसंख्यक तर्फको सुचीबाट कपिलवस्तुकी शान्ति देबी बर्मा (सोनार) प्रदेश सदस्य चयन हुनु भएको हो ।
यो संगै कपिलवस्तु जिल्लाबाट प्रदेशसभा सदस्यमा कांग्रेसले ४ जनालाई पार्न सफल भएकोछ । यस अघि नै रिना विक, रुन्दावती दुबे र माला गोतामे प्रदेश सांसद भै सक्नु भएकोछ ।
६ वटा प्रदेश भएको कपिलवस्तुमा ६ जना प्रत्यक्ष तर्फ प्रदेश सभामा निर्वाचित भएका छन् भने सामानुपातिकमा ७ जना परेका छन् । यो संगै कपिलवस्तुमा प्रदेश सभाका सासदको संख्या १३ पुगेकोछ ।

प्रकाशित मिति : २१ पुस २०७४ शुक्रबार ००:००  ४ : ०१ बजे