सोल, २१ पुस ।
उत्तर कोरियाले दक्षिण कोरियाले राखेको वार्ताको प्रस्ताव स्वीकार गरेको समाचार छ । दक्षिण कोरियाले हालैमात्र उत्तरसँग अन्तर सरकारी स्तरमा उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो। सो प्रस्ताव उत्तरले स्वीकार गरेको खबर पठाएको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।
उक्त मन्त्रालयका प्रवक्ता वाइता हानले सोलमा शुक्रबार आयोजित पत्रकार सम्मेलमा दिएको जानकारीअनुसार दक्षिण कोरियाले पठाएको उच्चस्तरीय वार्ताको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको खबर पठाएको छ ।
सो वार्ता यही जनवरी ९ मा गर्नेगरी तय गरिएको छ। सो वार्ता दक्षिण कोरियाको नियन्त्रणमा रहेको पानामजुमस्थित शान्तिगृह ‘पिस हाउस’ मा आयोजना गरिएको छ। सो वार्ताको प्रस्ताव करिब महिनादिनअघि नै दक्षिण कोरियाले गरेको थियो। यसअघि दक्षिण कोरियाले आयोजना गरेको ग्रीश्मकालीन ओलम्पिक खेलमा पनि सहभागिताका लागि उत्तरले सहमति जनाएको थियो।
आगामी जनवरी ९ मा हुने सो उच्चस्तरीय वार्ताले आगामी दिनमा यी दुई देशको सम्बन्ध सुधारमा सहयोग पुग्ने बताइएको छ। साथै सो वार्ताका क्रममा दक्षिण कोरियामा हुन लागेको उक्त खेलकुदका विषयमा पनि कुराकानी हुने बताइएको छ। हुनत यसअघि नै दक्षिण कोरियाली राष्ट्रपति इनले नै उक्त खेलकुदको तयारीका लागि सम्बद्ध पक्षलाई निर्देशन दिइसकेको बताइएको थियो।
उता उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा सुरुवाता गरिएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवातप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका थिए। उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई बर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको समाचारमा जनाइएको छ। सो कार्यको महासचिव गुथ्रेसले स्वागत गरेका हुन्।
पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ। यस अघि नै दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका थिए। नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा गरेको सम्बोधनमा दक्षिण कोरियाले प्रस्ताव गरेको वार्तामा सहभागी हुनसक्ने धारणा सार्वजनिक गरेका थिए।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकुदका साथै उक्त उच्चस्तरीय वार्ताको लागि पनि तयारी गर्न सरकारी निकायहरुलाई निर्देशन दिएको एक समाचारमा जनाइएको छ। सो वार्ताको प्रस्तावमा उत्तरले केही बोलेको थिएन। तर उत्तर कोरियाली नेताले गरेको पछिल्लो सम्बोधनमा वार्तामा बस्ने सङ्केत गरेपछि सुरुभएको सकारात्मक पहलहरु अब उच्चस्तरी वार्तामा बस्नेसम्म पुगेको छ।
यसैबीच सोलबाट शुक्रबार प्राप्त अर्को एक समाचारमा दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन दिएको बताइएको छ। रासस÷सिन्ह्वा
२१ पुस २०७४ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया