१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

बाणगंगा यातायात व्यवसायी समितिद्वारा सांसदलाई सम्मान



सीताराम चौधरी, कपिलवस्तु, २२ पुस ।
कपिलवस्तुको समग्र विकास र आर्थिक समृद्धिका लागि जिल्लाका सांसदहरुले सामुहिक आवाज उठाउने प्रतिवद्धता जाहेर गरेका छन् । वाणगंगा यातायात व्यवसायी समिति कपिलवस्तुद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुले जिल्लाको ऐतिहासिक पहिचानलाई उजागार गर्दै आर्थिक विकास र समृद्धिका लागि हातेमालो गरी अगाडि बढ्ने बताएका हुन् ।
कपिलवस्तु क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताले अबको सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर जिल्लाको विकासमा जुट्नुपर्नेमा जोड दिन्ुभ्इँे । पूर्व मन्त्री तथा युवा नेता गुप्ताले जनताको मतलाई कदर गर्दै जनतासँग गरेको प्रतिवद्धताहरु पूरा गर्ने जनाउनु भयो । चुनावको बेला एक अर्कालाई आरोप प्रत्यारोप लगाएको भएपनि अव ५ वर्षसम्म हातेमालो गरी विकास कार्यमा जुट्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कपिलवस्तु ऐतिहासिक शहर भएपनि सरकारकै वेवास्ताका कारण पछाडि परेको आरोप लगाउँदै सांसद गुप्ताले पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी जिल्लाका युवाहरुलाई स्वरोजगार बनाउनु पर्नेमा जोड दिए । प्रदेशको राजधानी बनाउने सन्र्दभमा वोल्दै सांसद गुप्ताले कपिलवस्तु प्रदेशकै केन्द्र रहने भएकाले यसलाई राजधानी बनाउनुपर्ने जिकिर गरे ।
कार्यक्रममा क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको ऐतिहासिक महत्व रहेकाले यसको प्रचारप्रसार गरी समृद्ध जिल्ला बनाउन लाग्नुपर्ने बताए । युवा नेता शाहले गणतन्त्र स्थापना भएको र गणराज्य रहेको जिल्ला भएकाले कपिलवस्तुलाई प्रदेश ५ कै राजधानी बनाउनुपर्ने तर्क राखे ।
कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. ३ प्रदेश सभा १ का सदस्य अर्जुन कुमार केसीले सबै लागेमा परिवर्तन असम्भव नरहेको बताउनुभयो । पिछडिएको जिल्ला भनेर चिनिने कपिलवस्तुलाई यस क्षेत्रका जनताको जीवनस्तर उकास्नुपर्ने बेला आएको उहाले बताउनुभयो ।
कार्यक्रममा कपिलवस्तु क्षेत्र १ प्रदेश सभा १ का सदस्य विष्णु पन्थीले कपिलवस्तुलाई प्रदेश ५ को राजधानी बनाउन कुटनैतिक ढंगले लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले देशको आर्थिक समृद्धिमा यातायात व्यवसायीको समेत ठूलो योग्दान रहेको औल्याए ।
यसैगरी कार्यक्रममा क्षेत्र नं. १ प्रदेशसभा २ का सदस्य सहसराम यादव, क्षेत्र २ का प्रदेशसभा १ का सदस्य दीर्घनारायण पाण्डे, क्षेत्र न २ प्रदेश सभा २का सदस्य धर्मवहादुरलाल श्रीवास्तव लगायतले सवै हातेमालो गरेर कपिलवस्तुको विकास गर्नुपर्नेमा जोड दिएका थिए । वाणगंगा यातायात समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले नव निर्वाचित जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा शिवराज नगरपालिकाका प्रमुख, उपप्रमुखलाई कदर पत्र र दोसल्लाले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०७४ शनिबार ००:००  ३ : १५ बजे