काठमाडौं, २२ पुस ।
केही दिनदेखि अस्वस्थ हुनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । तर डाक्टरले केही दिन आराम गर्न भनेकाले उहाँ घरबाहिर निस्कनुभएको छैन । घरमै बसेर माओवादीसँगको पार्टी एकताबारे आन्तरिक छलफल तीव्र बनाउनुभएको छ ।
डाक्टरका अनुसार उहाँलाई झाडापखाला भएको थियो । औषधि खाएपछि उहाँलाई सञ्चो भएको छ । तर मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओली अर्को हप्ता त्यसतर्फ जाँदै हुनुहुन्छ । अर्को हप्ता जाने भनेपनि मिति तय भैनसकेको उहाँको निजी सचिवालयले जनाएको छ ।
निजी सचिवालयका अनुसार डाक्टरको सल्लाहअनुसार ओली यसअघि नै स्वास्थ्य जाँचको लागि बैंक जानुपर्ने थियो । तर चुनावका कारण जान सक्नुभएको थिएन ।
२२ पुस २०७४ शनिबार ००:००
0
Shares






प्रतिक्रिया