३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

एमाले नेता भट्टराईद्धारा पाँच लाखको अक्षय कोष स्थापना



काठमाण्डौं, २२ पुस ।
ताप्लेजुङ जिल्लाबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित नेकपा (एमाले) का केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लामा संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ ।

निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्न राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेता भट्टराईले सो कोषको घोषणा गर्नुभएको हो । उहाँले ताप्लेजुङ संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका संगीत प्रेमीलाई सोही कोष मार्फत सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले संगीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राख्नुभएको छ । जिल्लाको गीत संगीत क्षेत्रको विकासका लागि स्थापना भएको यो नै पहिलो कोष हो ।

त्यस्तै पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि दुई लाख रुपैयाँको अक्षय कोष घोषणा गर्नुभएको छ । जिल्ला स्थित पत्रकारसंग सम्बन्धित संस्था तथा पत्रकार महासंघ मार्फत पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी उहाँले जानकारी दिनुभयो ।

पत्रकारितालाई व्यवसायीक बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि महत्वपूर्ण भएको उल्लेख गर्दै कोष स्थापना गरेको उहाँले बताउनुभयो । कोषको रकम क्रमस बढाउने योजना छ । कार्यक्रममा भट्टराईले अब देश विकासका लागि आर्थिक समृद्धिको अभियान छेड्नुपर्ने उहाँले दोहो¥याउनुभयो । ताप्लेजुङ जिल्लामा विकासका हजारौं संभावना रहेको औंल्याउदै अब आफूले अभियानका रुपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७४ शनिबार ००:००  १२ : ०६ बजे