१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

युवाको उदाहरणीय काम : शीतलहर पिडितलाई कम्बल वितरण



मायादेवी अनलाइन, चन्द्रौटा, २२ पुस ।
बढीरहेको शीतलहरबाट बचाउनका लागि चन्द्रौटाका केही युवाहरुले न्यानो अभियान सञ्चालन गरेका छन । सामाजिक क्षेत्रमा क्रियाशिल शिवराज नगरपालिका २ बालापुर निवासी दिपक खड्का सहितका केही युवाहरुले चिसोबाट सर्वसाधारणलाई बचाउनका लागि न्यानो अभियान सञ्चालन गरेका हुन ।
सामाजिक सञ्जाल फेसबुकबाट चलाइएको उक्त अभियानलाई विभिन्न व्यक्तिले साथ दिएका छन । विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिले गरेको सहयोगबाट शनिबार शिवराज नगरपालिका वडा नम्बर २ बालापुरका विपन्न, बृद्धबृद्धा, अपाङ्गताता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको छ ।
३५ जना व्यक्तिलाई न्यानो कम्बल वितरण गरिएको अभियानकर्मी गोपाल बञ्जाडेले बताउनुभयो । एक हप्तादेखि सहयोगका लागि चलाइएको अभियानलाई लेखनाथ पौडेल, गोपाल बन्जाडे, शरद अधिकारी, सुरज अधिकारी, त्रिदेव चौधरी, गोविन्द के.सी लगायतले सहयोग गर्नुभएको थियो । युवाको उक्त कार्यप्रति सबैले सरहना गरेका छन ।

प्रकाशित मिति : २२ पुस २०७४ शनिबार ००:००  २ : २१ बजे