१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सिद्धार्थ क्याम्पसमा श्रीमद् भागवत ज्ञान महायज्ञ लाग्दै



कुलराज भुसाल, कपिलवस्तु, २३ पुस ।
सिद्धार्थ क्याम्पस बाणगंगामा प्राविधिक शिक्षा सञ्चालनका लागि ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ सञ्चालन हुने भएकोछ । क्याम्पस स्थापनाको २५ औं वर्ष पुरा भएको अवसरमा रजत महोत्सवको सन्दर्भ पारि आयोजना गर्न लागिएको उक्त महायज्ञ आगमी माग २६ गते देखी फागुन ४ गते सम्म सञ्चालन गरिने शनिबार क्याम्पस प्राङ्गणमा आयोजित बृहत भेलामा जानकारी दिईएकोछ ।
महायज्ञलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्नकालागि कपिलवस्तुका विभिन्न संघ, संस्था एवं कार्यालयका प्रतिनिधी, उद्योगी, व्यवसायी, समाजसेवी, राजनितिज्ञ, शिक्षाप्रेमी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुबीच ‘बृहत भेला’ सम्पन्न गरिएकोछ ।
भेलाले महायज्ञ सम्पन्न गर्न विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई समेटेर १ हजार ८ सदस्यीय ‘महायज्ञ सञ्चालन मूल समारोह समिति’ गठन गरेकोछ । नवगठित समारोह समितिको निर्देशकमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष झविलाल पोख्रेल रहनुभएको छ भने समितिको अध्यक्षमा क्याम्पसस सञ्चालक समिति उपाध्यक्ष रबिबहादुर काफ्ले हुनुहुन्छ ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा सुमित्रा घिमिरे र सोमनाथ अर्याल चयन हुनुभएकोछ । त्यस्तै भेलाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेटेर उपाध्यक्षहरु चयन गरेको छ । जसमा दुर्गा के.सी., गुणलक्ष्मी ज्ञवाली, विमला घिमिरे, नागेन्द्र रौतार, दुर्गा सेन, यज्ञ भट्टराई, शंकर पाण्डे, राजकुमार सेन, विष्णु थापा, शिवचन्द्र आचार्य, छविलाल रेश्मी मगर, डोलकराम घिमिरे, दोलकबहादुर थापा, लक्ष्मण अधिकारी, विष्णुप्रसाद न्यौपाने, जंजीर चौधरी, मधु अर्याल, कृष्ण चौधरी, कृष्ण के.सी. रेनु सेन, गायत्री अर्याल, दुर्गा के. सी., ममता टण्डन, पोमनारायण पौडेल र बाणगंगा नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष रहनुभएकोछ ।
त्यसैगरी समितिको महासचिवमा क्याम्पस प्रमुख बालाराम ज्ञवाली चयन हुनुभएकोछ भने उप–महासचिवद्वयमा गोविन्द खनाल र रोमकान्त घिमिरे रहनुभएकोछ । त्यस्तै सचिवमा दिलबहादुर श्रेष्ठ, रमेशचन्द्र भुसाल र सुन्दर पाण्डे हुनुहुन्छ । त्यसैगरी कोषाध्यक्षमा बेदराम अर्याल छनोट हुनुभएकोछ भने सह–कोषाध्यक्षमा तेजप्रसाद अचार्य, प्रभात विक्रम क्षेत्री र मधुसुधन पौडेल चयन हुनुभएको छ भने अन्य सदस्यमा हुनुहुन्छ ।
महायज्ञ प्रमुख बाचकको रुपमा प्रखरवक्ता एव वाचन प्रविण दिनबन्धु पोख्रेल रहनुहुने महायज्ञका निर्देशक पोख्रेलले जानकारी दिनुभएकोछ ।
उक्त भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रदेश सांसद विष्णु पन्थीले सिद्धार्थ क्याम्पसले प्राविधिक शिक्षा सञ्चालनको पवित्र भावनाले सञ्चालन गर्न लागेको महायज्ञ सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
महायज्ञको माध्यमबाट क्याम्पसलाई नमुना प्राविधिक शिक्षालयको रुपमा रुपान्तरण गर्न सम्भव हुने बताउदै उहाँले आफु हरतवरले यो महायज्ञ सफल बनाउन लागि पर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।
त्यस्तै भेलालाई सम्बोधन गर्दै पूर्व सांसदद्वय बलराम अधिकारी र डोरप्रसाद उपाध्यायले कपिलवस्तुमा उत्कृृष्ट प्राविधिक शिक्षालयको आवश्यकता रहेको र त्यस्तो आवश्यकता पुरा गर्नको लागि सिद्धार्थ क्याम्पसले महायज्ञ सञ्चालन गर्न अग्रसर भएको हँुदा यज्ञलाई सफल बनाउन सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २३ पुस २०७४ आइतबार ००:००  १ : ५७ बजे