७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

५ लाख जम्मा गरेकोमा ८२ लाख प्राप्त



गुल्मी, २३ पुस
जिवन विमाको महत्व नबुझेकाहरुलाई वित्थै पैसा किन फसाउने हो ? वा कतै ठगिने त होईन ? भन्ने लाग्न सक्छ । तर जव त्यसको प्रत्यक्ष फाईदा प्राप्त हुन्छ तव एकदम ठिक गरिए छ भन्ने लाग्छ । सुर्य लाईफ ईन्सुरेन्स कम्पनी बुटवलले विहिवार एक परिवारलाई त्यही अनुभुति दिलायो । छ महिना अघि मात्र ४ लाख ९९ हजार ७५ रुपैयाँ बुझाएर आफ्नो जिवन विमा गराएका वुटवल–१३ निवासी राजकुमार श्रेष्ठको कार्तिक–२ गते नारायणी नदिमा श्रद्धा गर्न जाँदा नुहाउने क्रममा डुवेर मुत्यु भएको थियो । १५ वर्षे ५० लाखको विमा खाता खोलेका श्रेष्ठका परिवारले माग दावि भुक्तानीका लागि निवेदन दिएपछि उक्त कम्पनीले ८२ लाख १० रुपैयाँको चेक हस्तान्तरण गरेको छ । गत असार महिनामा श्रेष्ठले जिवन विमा गरेका थिए । विमा गरेको ६ महिना नपुग्दै उनको त्यसरी मृत्यु भएपछि परिवारजनले यति ठुलो रकम प्राप्त गरेका हुन् ।

अर्घाखाँचीको सन्धीखर्क–१ स्थायी घर भई बुटवल बस्दै आएका श्रेष्ठ परिवारका सदस्यलाई मृतक आफन्त प्रतिको वियोगको पिडा भए पनि आर्थिक रुपमा भने राहत प्रदान भएको उनीहरुले बताए ।उक्त चेक सुर्य लाईफ ईन्सुरेन्स कम्पनी वुटवल एरिया शाखा प्रवन्धक वुद्धबहादुर सुर्यवंशीले परिवारजनलाई हस्तान्तरण गरेका थिए । हस्तान्तर गर्दै उनले जिवन विमा महत्व र त्यसो दिर्घकालिन फाईदा वारे प्रकाश पारेका थिए ।त्यस्तै एजेन्सी म्यानेजर अर्जुन गिरीले शहर वजारका वौद्धिक व्यक्तिहरुले जिवन विमाको महत्व बुझेर यसरी लाभ लिन सके पनि ग्रामिण भेगका सर्वसाधरणले अझै यस वारे बुझ्न नसकेका कारण त्यस्ता भेगका शिक्षित सचेत नागरिकले बुझाउनु पर्नेमा जोड दिएका थिए ।

सो कम्पनीका वुटवल एरिया प्रमुख वुद्धबहादुर सुर्यबंशीको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रमा वुटवल शाखा प्रमुख जुना कुँवरको स्वागत मन्तव्य र भैरहवा शाखा प्रमुख धर्मराज आचार्यको सञ्चालन रहेको थियो ।यता गुल्मीमा सदरमुकाम तम्घासको सहित चोकमा रहेको सुर्य लाईफ ईन्सुरेन्स कम्पनीमा पनि विमा गर्नेहरु संख्या बढ्दै गएको गुल्मी शाखा प्रवन्धक घनश्याम खरेलले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७४ आइतबार ००:००  २ : ३९ बजे