१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

चिसोमा शरीरको ख्याल राख्न चिकित्सकको सुझाव



अविनाश बेल्वासे, कपिलवस्तु, २३ पुस ।
केहि हप्ता देखि बढेको अत्याधिक चिसो र शीतलहरको कारण कपिलवस्तुको जनजीवन कष्टकर बन्दै गएको छ । दिनप्रतिदिन बाक्लो हुस्सु संगै चलेको शीतलहरले सबैभन्दा बढी सुत्केरी महिला, नबजात शिशु, बालबालिका, बृद्धबृद्धा र मजदुरी गरि दैनिकी चलाउँदै आएका मजदुर बर्ग प्रभावित भएका छन ।

चिसोले वृद्धवृद्धामा बाथ, दम, रुघाखोकीको प्रकोप देखा परेको छ भने बालबालिकामा निमोनिया श्वासप्रश्वासका रोगी उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने गरेका छन । औषतमा सबै उमेरका बिरामी आउने पिपरा अस्पतालमा जाडो बढेसंगै वृद्धवृद्धा र बालबालिका बिरामी आउने गरेका छन । पिपरा अपतालमा कार्यरत मेडिकल अधिकृत गौरी घिमिरेले चिसोले वृद्धवृद्धा र बालबालिकालाई बढी असर पु¥याउने बताउहुन्छ ।

चिसोले जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, जीतपुर चारनम्बर, चन्द्रौटा, बहादुरगञ्ज, कृष्णनगर लगायतका बजारमा सर्वसाधारणको चहल पहल घटेको छ भने साना सवारी साधन पनि कम मात्रामा चलेका छन । सवारी साधन कम मात्रामा चल्दा सरकारी कार्यालय, संघसंस्थामा जाने सर्वसाधारणको संख्या घटेको छ । अहिले चिसोबाट बच्नको लागि चोकचोक तथा टोलटोलमा मुढा, दाउरा र परालको आगो बालेर ताप्ने गरिएको छ । जाडो बढे पछि यहाका केही नगरपालिका र गाउपालिकाले दाउरा बितरण गरेपनी प्रभाबकारी हुन सकेको छैन ।

जाडोकै कारण जिल्लाका बिद्यालयहरुमा पठन पाठन समेत प्रभावित हुन थालेपछि कपिलबस्तुका अधिकाशं बिद्यालयमा जाडो बिदा दिईएको छ भने बाकी केही निजी बिद्यालयले पनी छिटै बिदा दिने बताएका छन । चिसोबाट बच्नका लागि बढी तातो भई बस्न, बढी तातो पेय पदार्थ पिउन डाक्टर बिपिन जैसवालले सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : २३ पुस २०७४ आइतबार ००:००  ३ : २५ बजे