१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

बाटो खन्दा खन्दै तौलिहवामा भेटिए यस्ता पुरातात्विक संरचना ! (सबै परे चकित)



मायादेवी अनलाइन, कपिलवस्तु, २५ पुस ।
बाटो बनाउने क्रममा कपिलस्तु नगरपालिका– ३ सिद्धार्थ टोलमा पुरातात्विक संरचना भेटिएको छ । आखा अस्पतालको छेउ देखि उत्तर तर्फ एक्साभेटरले बाटो खन्ने क्रममा सोमवार बिहान १० बजेतिर ईटाले बनेको पुरातातिवक संरचना भेटिएको स्थानीय गुनाखर गैरेले बताउनुभयो ।

हुम बहादुर कुवर र मनोज श्रीवास्तवको जग्गामा बाटो बनाउने क्रममा ईटाका संरचनाहरु भेटिएको गैरेले बताउनुभयो । फुटेका माटाका घैटाका टुक्राहरु समेत भेटिएका छन । संरचना बाटो र बाटोका पुर्व तर्फ फैलिएको छ । संरचना देवाल आकारमा रहेका छन ।

संरचना भेटिए लगत्तै बाटो निर्माण समेत रोकिएको छ । संरचना भेटिएको बिषयमा जानकारी पाए पछि तिलौराकोटमा उत्खननमा संलग्न पुरातत्व बिज्ञहरुको टोलीले समेत सो संरचनाको स्थलगत अनुगमन गरेका छन । पुरातत्व बिभागको प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुँवरले आफुहरुले सिद्धार्थ टोलमा भेटिएको संरचनाहरुको निरीक्षण गरेको बताउनुभयो ।

प्रकाशित मिति : २५ पुस २०७४ मंगलबार ००:००  ३ : १८ बजे