३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

विवाहको बहानामा सिमा कटाउने प्रयास थालेपछि विचौलियालाई यस्तो फसाद !



कपिलवस्तु, २५ पुस ।
विवाहको बहानामा सिमा कटाउन थालेको विचौलियालाई कपिलवस्तुको कृष्णनगरवाट प्रक्राउ गरिएकोछ । यो संगै मानब बेचबिखनको बदलिदो स्वरुपवाट बिभिन्न सोेझा सिधा चेलीहरुलाई सिमा पार गराउँदा अपनाउने चरणहरु पनि फरक फरक फेला परेकाछन् ।
मानब बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागी क्रियाशिल रुपमा लागेको संस्था के।आई नेपाल र नेपाल प्रहरी कृष्णनगरले एक बिचौलीयाको नियन्त्रण सहित चेलीको उद्धार गरेको छ ।उद्धार गरीएकी चेली दर्बाङ्ग म्याग्दी बस्ने मनकुमारी ९नाम परिबर्तन० रहेकी छन।सिमापार गराउने बिचौलीया कपिलबस्तु बाणगंगा २ बनगाई बस्ने पार्बती भटराई रहेकी छन् ।

भटराईले केहि महिना अगाडी मात्र चिनजान गरेकी सामान्य लेखपढ भएकी निज मनकुमारीलाई एक विचौलियासंग विवाह गराउने वहानामा सिमा पार गराउने ब्यवस्था मिलाएकी थिइन ।महेन्द्रनगर घर भएका हाल पञ्जाब बस्दै आएका भटराइका कथित धर्मको दाई भनिएका संग बिबाह गराईदिने भनि प्रलोभनमा पारी सिमा कटाउन लागेको वताइएको छ । बोर्डरमा रोकेपछि दाई भारतमा रहेको र भाउजुलाई भेट गराउन लान लागेको भनि बोर्डर कट्न लागेका बेला नियन्त्रणमा लिइएको हो । भारतबाट धर्म दाई भन्नेले पटक पटक फोन गरि कहाँ आई पुग्यौ भनि रहनु र पीडित चेलीको परिवारलाई कुनै पनि जानकारी नभएपछि शंकाको घेरामा राखि अनुसन्धान गरिएको ईलाका प्रहरी कार्यलय कृष्णनगरका प्रमुख शुभास गैरेले जानकारी दिनु भयो ।

गैरेका अनुसार धर्म दाई भन्ने जसको नाम नै खुलाउन नचाहने र लैंजाने प्रकृया गलत र बिभिन्न बहाना बनाएको कारण र कानुनी दायरामा ल्याउनु परेको हो । अभिभाबकलाई जानकारी दिए पश्चात आफुहरु बेखवर रहेको भन्दै तत्काल रोकिदिन आग्रह गरेकाथिए ।चेलीलाई के।आई नेपालको संरक्षणमा राखिएको जिल्ला संयोजक केसर बिश्कर्माले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २५ पुस २०७४ मंगलबार ००:००  ३ : ४१ बजे