२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

बुद्धस्थलमा निर्माण गरिएका संरचना तत्काल हटाउ- विभाग



मायादेवी अनलाइन, कपिलवस्तु, २६ पुस ।
नेपाल प्राचिन स्मारक ऐन बिपरित कपिलवस्तु नगरपािललका भित्र रहेको बुद्धस्थल भित्र निर्माण गरिएका संरचना हटाउन पुरातत्व बिभागले लुम्बिनी विकास कोषलाई निर्देशन दिएको छ । कपिलवस्तु नगरपालिका– २ निग्रोधराम र नगरपालिका– ३ तिलौराकोट छेउ रहेको कन्थक स्तुपामा निर्माण गरिएको संचरना हटाउन बिभागले कोषलाई निर्देशन दिएको हो ।

नेपाल प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरित रहेकोले ती स्थानमा बनाइएका संरचना हटाउन निर्देशन दिएको बिभागका प्रबक्ता तथा प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुँवरले बताउनुभयो । पुरातात्विक ठाउमा संरचना बनाउदा एचआईए गर्नु पर्ने प्रावधान छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरत कोषद्धरा कुदानमा पक्की संरचना निर्माण थालियो कोषले ठेक्का लगाई निग्रोधारामको मुख्य संरचना संगै ८ मिटर दुरीमा पर्यटक बस्ने र ध्यान गर्ने संरचना ध्यान केन्द्र निर्माण गरेको छ ।

१२ मिटर लामो र ६ मिटर चौडा संरचनाको फाउण्डेसनको निर्माण पुरा भएको छ । कोषले स्तुपमा कन्थक पार्क बनाउन काठमाडौं स्थित बोधीग्राम फाउण्डेसनलाई अनुमति दिएको थियो । फाउण्डेसनले महत्वपुर्ण ऐतिहासिक एवं पुरातात्विक स्थल कन्थक स्तुपमा पार्क बनाउने भन्दै एक महिना अघि शिलन्यास समेत गरिसकेको छ ।

स्तुप स्थलमै खनेर पुर्वतिर एक मिटर उचो र आधि मिटर चौडा पर्खाल बनाई धार्मिक विधिपुर्वक पुजाआजा गरि निर्माणको काम सुरु गरिएको थियो । अहिले उक्त स्थल सुरक्षाका लागि चौकीदार राखिएका छन् । पुजाआजा गरिएको ठाउमा उनीहरु पाल टागेर बसेका छन् । रातमा ४ जना र दिउसो २ जनाले डियुटी गरेर बसेका छन् । उक्त ठाउमा फाउण्डेसनले पार्क बनाउने भएकोछ । तारवार गरेर हिडडुल गर्न पक्की बाटो र घोडा तथा राजकुमार सिद्धार्थको शालिक बनाउने बताईएको छ ।

तिलौराकोट र निग्रोधाराम लगायत ७ बौद्ध पुरातात्विक स्थल संरक्षण र विकासको जिम्मा सरकारले ऐन बनाएर लुम्बिनी विकास कोषलाई दिएकोछ । तर त्यहा केही काम गर्नु परे कोषले पुरातत्व विभागको स्विकृती लिनु पर्छ ।

लुम्बिनी विकास कोषका प्रोजेक्टर म्यानेजर सरोज भट्टराईले कुदानमा आउने बुद्धमार्गीहरुलाई सहजतकालागि ध्यान केन्द्र र बिश्राम स्थल बनाउन लागिएको बताए । कन्थका स्तुपामा फाउन्डेशनलाई तारबार, सरसफाई र फिनिसि गर्ने सहमति भई काम गर्न अनुमति दिएको उहाँले बताउनुभयो ।

ईशापुर्व ८ सय देखि २ सयका समयमा प्रयोग भएको ईतिहास भएकाले उक्त ठाउ पुराना भएको अनुमान गर्न सकिन्छ । भगवान गौतम बुद्ध ज्ञान प्राप्त गरेर राजधानी कपिलवस्तु फर्कदा आफ्ना आमा बुवासंग पहिलो पटक भेटघाट गरेको ठाउँ निग्रोधाराम कुदान हो । २ बर्ष अघि तिलौराकोटमा समेत कोषले करिब ४ करोड बजेट बिनियोजन गरेर बिभिन्न पक्की संरचना निर्माण गर्न खोज्दा पुरातत्व बिभागले ऐन बिपरित भन्दै रोकेको थियो ।

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  १ : ५४ बजे