२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कुखुरा पालक व्यवसाय एकजुट, बुद्धभुमिमा समिति नै गठन



मायादेवी अनलाइन, बुद्धभुमि, १ माघ ।
बुद्धभुमि नगरपालिका भित्रका कुखुरा पालन कृषकहरुको बृहत भेलाले नरहरी भटट्राई अध्यक्ष रहेको १७ सदस्यिय नगर स्तरीय कुखुरा पालन कृषक समिति गठन गरेकोे छ ।
जसको उपाध्यक्षमा तारा बहादुर पाण्डे, सचिवमा गोपिराज पोखरेल, सह सचिवमा लेखनाथ खनाल, कोषाध्यक्षमा लक्ष्मि भुसाल रहनु भएको छ । यसैगरी सदस्य हरुमा महेन्द्रकोट बाट इन्द्रमणि बेल्बासे, दुवियाबाट दिपक गैरे, ओम प्रकास न्यौपाने, हरिहरपुरबाट बाबुराम पाण्डे बुड्ढीबाट मालती आर्चाय, पम्फा नेपाली मौवाबाट नजाम मुसलमान र बरकुलपुर, जयनगर, धनकौली, मानपुर बाट गरि १७ सदस्यिय समिति गठन भएको छ ।
भृकुटी माबि बुड्ढीमा भएको बृहत भेलामा प्रमुख अतिथी तथा कुखुरा पालक ब्यवसायी रुपेश कुमार श्रेष्ठले कुखुरापालक किसानहरु संगठित भएमा बिचौलियाहरुले ठग्न नसक्ने बताउँदै साना ब्यबसायिहरुको मतबुत संगठन आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा मानवअधिकारकर्मी नन्दराम पौडेलले राज्यले स्वरोजगार युबाहरुलाई प्रोत्साहन दिनु पर्ने कुरामा जोड दिदै ब्यवसायिहरु आफ्ना हकहित र अधिकारका लागी संगठित हुनु पर्ने बताउनु भयो ।
समाजसेबी इन्द्रमणी पौडलले कृषि प्रदान देशमा कृषकहरुले उत्पादन गरेको बस्तुको उचित मुल्य नपाउने गरेको भन्दै राज्य साना कृषक बिरोधी भएको आरोप लगाउनुभयो । यसैगरी चिन्तामणी खनाल, दानाका डिलर्स मानकाजि श्रेष्ठ, जनकराज खनाल पुर्ब अध्यक्ष कृष्ण खनाल लगायतले ब्यबसायिहरुलाई सुझाव दिनुभएको थियो ।
नरहरी भट्टराइको अध्यक्षता, सचिव गोपिराज पोखरेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा बुद्धभुमि नगरपलिका भित्रका कुखुरा पालक कृषकहरुको सहभागिता रहेको थियो । हाल जिउँदो कुखुराको मुल्य प्रति केजी १३५ देखि १४० मा बिक्रि भएपछि कृषकहरुले घाटा बेर्होनु परेको छ ।

प्रकाशित मिति : १ माघ २०७४ सोमबार ००:००  ५ : २६ बजे