२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

धनकुटामा अनिश्चितकालीन कर्फ्यू



धनकुटा, ४ माघ ।
धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
३४ दिनदेखि चलिरहेको आन्दोलन र हडतालले धनकुटा क्षेत्रको जनजीवन प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटाको आन्दोलन झनै उग्र बनेको हो ।
आन्दोलनको कारण कोसी राजमार्गको धनकुटामा गाडी नचल्दा भोजपुर, संखुवासभा, तेह्रथुम लगायत ठाउँका बासिन्दालाई पनि सास्ती भएको छ ।

प्रकाशित मिति : ४ माघ २०७४ बिहिबार ००:००  ८ : २० बजे