२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

बुद्धभुमीमा व्यबासायिक शिक्षा बिबिए सञ्चालनका लागी महायज्ञ हुने



अबिनाश बेल्बासे कपिलबस्तु माघ ५।

जिल्लाको बुद्धभूमी नगरपालिकामा सप्ताहव्यापी धनधान्याञ्चल महायज्ञ संचालन गरिने भएको छ । यहि माघ २२ गते देखि २८ गते सम्म बुद्धभूमी नगरपालिका वाड नं. ९ बरकुलपुर (चौवन्नपुर) मा अबस्थित बुद्धभुमी क्याम्पसको प्राङ्गढमा महायञ सञ्चालन गर्न लागीएको हो ।

महायज्ञ तयारीलाई तिब्रता दिन क्याम्पस व्यबस्थापन समितीका अध्यक्ष राजेन्द्रराज आचार्यको संयोजकत्वमा १ हजार १ सय ११ सदस्सीय मूल आयोजक समिति र ३४ वटा उप–समिती समेत निर्माण गरिएको छ ।

बुद्धभुमी क्याम्पस बरकलपुरमा व्यबासायिक शिक्षा बिबिए, सामुदायिक ई पुस्ताकालय र अक्षयकोषको स्थापना गर्नका लागी महायञ सञ्चालन गर्न लागिएको महायज्ञ मुल आयोजक समितीका संयोजक एवं बुद्धभुमी क्याम्पस व्यबस्थापन समितीका अध्यक्ष राजेन्द्रराज आचार्यले बताउनुभयो ।
“बैज्ञानिक आध्यात्मकबाद द्धारा बिश्व शान्ती” भन्ने मुल नाराका साथ महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
महायज्ञमा प्रमुख कथा वाचक श्री चैतन्य कृष्ण जीले प्रबचन दिनुहुने भएको छ । ७ दिन सम्म सञ्चालन हुने महायज्ञमा २ करोड दान संकलन हुने आयोजकको दाबी छ । हाल बिबिए अध्यनका लागी यहाका बिधार्थीहरु रुपन्देही, काठमाण्डौ लगायतका अन्य बाहिरी जिल्लाहरुमा जाने गरेका छन । जिल्लामै यस्ता कक्षा सञ्चालन हुनुले यहाका बिद्यार्थीहरुले बाहिर जानु नपर्ने बुद्धभुमी क्याम्पस प्रमुख कृष्ण प्रसाद खनालले बताउनुभयो ।

बुद्धभूमी नगरपालिकाको बरकलपुरमा अबस्थित बुद्धभुममी क्याम्पसको प्राङ्गढमा संचालन गरिने महायज्ञमा कपिलबस्तु जिल्लाका साथै अर्घाखाँचीको दक्षिणी क्षेत्र र दाङ्गको भालुवाङ्ग सम्मका भक्तजनहरुले महायज्ञमा शहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : ५ माघ २०७४ शुक्रबार ००:००  ६ : ५८ बजे