२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

नेविसंघको सरकारलाई दबाब र्‍याली



काठमाडौं, माघ ५ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिने भएको छ । सवै नियमित विद्यार्थीलाई निशुल्क स्वाथ्य विमा गर्नुपर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गर्नुपर्ने शैक्षिक सस्थामा इ–लाइव्रेरी खोल्नुपर्ने, सवै स्थानीय तहमा कम्तिमा एउटा सरकारी प्राविधिक विद्यालय हुनुपर्ने र देशभर हरेक वडामा सरकारी लगानीमा कम्तिमा २र२ वटा प्रारम्भिक बालबिकास केन्द्र स्थापना गर्नुपर्ने, बेरोजगार युवालाई भत्ताको व्यवस्था गर्नुपर्ने लगायत माग पूरा गर्न सरकालाई दबाब दिन काठमाडौंमा र्याली आयोजना गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । दबाब र्‍याली दिउँसो १ बजे विश्वभाषा क्याम्पसबाट सुरु हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ माघ २०७४ शुक्रबार ००:००  ७ : १८ बजे