१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

लाइन्स र लियोको प्रसंशनिय काम



कोपिला पोख्रेल, कपिलवस्तु, ८ माघ ।
लाईन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको सहकार्यमा जिल्लाको बाणगंगामा रहेका दृष्टिबिहिनहरुलाई न्यानो कपडा बल्याङ्केट बितरण गरिएको छ । बनगाई स्थित आफ्नै भवनमा भएको कार्यक्रममा ६ जना दृष्टिबिहिनहरुलाई कम्मल बितरण गरिएको हो । सोही कार्यक्रम मार्फत बोल्दै दृष्टिबिहिन हरिराम धोबिले कठ्याङग्रीएको जाडोको बेला कम्मल बितरण गरेकोमा आफुलाई राहत महशुस गरेको बताउदै क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै अर्का दृष्टिबिहिन उमेश थारुले पनि जिल्लामा लायन्स र लियो कपिलवस्तुले दृष्टिबिहिनलाई गरेको सहयोग प्रति धन्यवादको पात्र रहेको बताउनुभयो । कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका चार्टर प्रेसिडेन्ट कृष्ण केसीले बोल्दै जब सम्म एउटा व्यक्तिले अर्को असहाय व्यक्तिलाई सहयोग गर्न सक्दैनौ त्यतिबेला सम्म उसले सार्थक जिवन बनाउन नसक्ने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका चार्टर प्रेसिडेन्ट कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङगता महासंघका क्षेत्रीय सभापति हेमनाथ ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्राममा न्यानो कम्मल सौजन्य रामसुभागे थारु, राम बहादुर क्षेत्री, कमल क्षेत्री लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम मार्फत दृष्टिबिहिनहरु पार्वता कुमाल, हरिराम धोबि, करिस्मा थारु, कुसुम थारु, लिला बिक लगायतलाई न्यानो कपडा बितरण गरिएको हो । कार्यक्रम लाईन्स क्लव अफ कपिलवस्तुका सचिव कुसल पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : ८ माघ २०७४ सोमबार ००:००  २ : ५५ बजे