१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

वालविवाह विरुद्ध गाउँगाउँमा धर्म गूरु



पार्वती पाण्डे, कपिलवस्त, ९ माघ ।

समाजमा अझै पनि बालविवाह रोकिएको छैन । बालविवाह रोक्न सरकारी तथा गैरसरकारी तवरबाट अनेक प्रयत्न भएका छन् । तर, अझै पनि बालविवाह रोकिएको छैन ।त्यसैले बालविवाह रोक्न अनेक उपाय अपनाउन थालिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिकामा त बालविवाह रोक्न धर्मगुरु नै परिचालन गर्नु परेको छ ।

भारतसँग सिमा जोडिएको कपिलवस्तुको यशोधरा गाँउपालिकामा अझै पनि बालविवाह हुने गरेको छ । स्थानीय संघसंस्था र सरकारी निकायले अनेक प्रयत्न गरे पनि बालविवाह रोकिएको छैन । त्यसैले यस क्षेत्रमा क्रियासिल संघ सस्थाहरुले फरक उपाय अपानएका छन् ।अहिले स्थानीय धर्मगुर गाउँ–गाउँमा बालविवहा रोक्न चेतनामुलक कार्यक्रम गरिरहेको भेटिन्छन् । स्थानीय संघसंस्थाको सहकार्यमा धर्मगुरुहरु बालविवहाबारे कानूनी व्यवस्थाबारे जानकारी गराउँदै हिड्ने गरेको स्थानीयवासी रन्जु मोर्या बताउँछन् ।स्थानीय धर्मगुरु श्रीराम मिश्र बालविवहाको बेफाइदा सुनाउँदै गाउँ–गाउँ घुमिरहेका हुन्छन् ।

बालविवाह गरेमा पढन नपाउने, आमा बाबुको मायाबाट बन्चित हुने, जागिर गर्न नपाउने र सामाजिक हक अधिकारबाट टाढा हुनु पर्ने बन्ने भन्दै उनी जनचेतना फैलाउन क्रियाशिल छन् ।अर्का धर्मगुरु अबदुल मन्नान अलि मुसलमान पनि त्यसरी नै खटिएका छन् । सानो उमेरमा बिवाह गरी बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने, आमाको आधी उमेरमै मृत्यु हुने जस्ता खतरा हुने भन्दै उनी स्थानीयवासीलाई सुचित गराउँछन् ।

स्थानीय धर्मगुरुको माध्यमबाट बालविवाह गर्न नहुने चेतना फैलाउन थालिएपछि बालविवाहमा कम हुँदै गएको स्थानीय संघस्थाले दावी गरेका छन् ।धर्मगुरुहरु नै बालविवाह गर्न नहुने भन्दै गाउँ–गाउँ पसेपछि अभिभावक समेत सचेत बन्दै गएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  २ : ४६ बजे