३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

लाइन्स र लियो क्लबको सक्रियतामा लक्ष्मणघाटमा सरसफाई



मायादेवी अनलाइन, कपिलवस्तु, ९ माघ ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा अवस्थित लक्ष्मणघाट शवदहन स्थलमा लायन्स क्लव अफ कपिलवस्तुले सरसफाई गरेको छ । जिल्लाको प्रसिद्ध शवदहन स्थल पछिल्लो समय दुर्गन्धित भएपछि सरसफाईमा लाइन्स क्बलले सक्रियता देखाएको हो । सरसफाईमा लायन्स क्लव र जुनियर टिम लियोको सकृयता रहेको थियो ।
दैनिक शव दहन गर्ने तर सरसफाई तर्फ कसैले ध्यान नदिदा लक्ष्मणघाट कुरुप बन्दै गएको थियो । चिसोको कुनै प्रवाह नगरि लाइन्स र लियो क्लबका सदस्यले सरसफाई गरेपछि लक्ष्मणघाट अहिले सफा भएको छ ।
ऐतिहासिक स्थलको रुपमा रहेको लक्ष्मणघाटलाई सफा, सुग्गर बनाउन अभियान थालिएको लाइन्स क्बल अफ कपिलवस्तुका अध्यक्ष कृष्ण केसीले बताउनुभयो ।
सरसफाई अभियानमा वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको पनि उपस्थिती रहेको थियो । लक्ष्मणघाटको सुन्दरीकरण गर्दै शवदहन स्थललाई व्यवस्थित पार्न नगरपालिकाले यसबर्ष बजेट विनियोजन गरेको वडा अध्यक्ष गिरीले बताउनुभयो । यस बर्ष शवदहनस्थल व्यवस्थित हुने उहाको भनाई छ ।
लक्ष्मणघाटमा कपिलवस्तुका साथै अर्घाखांची, रुपन्देहीबाट दैनिक चार पाच ओटा शव आउने गरेका छन ।

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  ३ : १३ बजे