२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

बाल बिवाह बिरुद्ध जनचेतना फैलाउदै नायिका रेखा थापा



कपिलवस्तु १० माघ ।
चलचित्र क्षेत्रमा स्थापित नायिका रेखा थापा यति बेला बाल बिवाह बिरुद्धको अभियानमा लागेकी छन । बाल बिवाहले गर्दा देशको सामाजिक विकासमा बाधा पुग्नुकासाथै बालिकाहरु शिक्षा, स्वास्थ्य, रोजगार लागतयका अवसरबाट समते बंचित हुनु परेकोले आफु यो अभियानमा जुटेको उनले बताईन । छोरीको निम्ति स्वर्णीम नेपाल महा अभियानकालागि उनी अभियन्ता नर बहादुर कार्की संग कपिलवस्तु आएकी हुन । रुपन्देहीमा बाल बिवाह बिरुद्धको अभियान सकाएर उनी मंगलवार कपिलवस्तु आएकी हुन । उनले कपिलवस्तुको तौलिहवा र चन्दौटामा छु«ट्टा छुट्टै कार्यक्रममा सरिक भईन ।
कपिलवस्तुको तौलिहवामा कालिका सामाजिक विकास केन्द्रको आयोजनामा राखिएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको निर्देशक समेत रहेकी नायिका थापाले ४० प्रतिशतको हाराहारीमा रहेको बाल बिवाहलाई रोक्नु पर्ने बताईन । चलचित्रले मात्र सामाजिक कुरुतीकोरुपमा रहेको यो कार्यलाई राक्न नसकिए पछि आफु पनि यो महाअभियानमा लागेको बताईन ।
‘ बाल बिवाहले गर्दा छोरीहरु शिक्षा स्वास्थ्य ब्यक्तिगत स्वतन्त्रताबाट बंचित भएका छन, यो अघिकार दिलाउन पनि बाल बिवाहलाई जरैबाट निमुल पार्नु पर्छ ’ उनले भनिन ‘ बिवाहबारी २० बर्ष पारी हुनु पर्छ यसकालागि घरबाटै महिलामाथी हुने बिभेदको अन्त्य गरिनु पर्छ ’ । महिलामुक्तिको आवाज बुलन्दरुपमा उठे पनि अझै पनि अवस्था भने नाजुक रहेको उनको ठम्माई छ ।
आधा अकास ढाकेको महिला सशक्त नभए सम्म देशको आर्थिक विकासले मुर्तरुपम लिन नसक्ने उनले बताईन । ‘ अब छोरीहरु पनि आत्मजागरण हुनु जरुरी छ ’ उनले भनिनि ‘ आर्थिक उन्नतीकालागि महिलाहरुलाई समेत आत्मनिर्भर बनाउनु पर्छ ’ । ‘ महिलाहरु धेर्र कुराहरु गर्न सक्छन तर उनहिरुलाई अवसरको खाचो छ ’ नायिका थापाले भनिन । १८ बर्ष मनुी रहेको ३३ लाख बालिकाहरुको विकासकालागि पन उनीहरुलाई अवसर दिनु पर्ने उनको माग छ ।
सन २०१७ मार्चमा सुर्खेतबाट सुरु गरिएको यो अभिान देशका बिभिन्न जिल्लामा संचालन गरिएको अभियन्ता नर बहादुर कार्कीले बताए । अझै पनि ३७ प्रतिशतको हाराहारीमा नेपालमा २० बर्षमुनी नै बिवाह हुने गरेकोले त्यसलाई रोक्नु ठुलो चुनौती रहेको बताए । ‘ छोरीहरुलाई घरमा नै छुट्र्ट दृष्टिकोणले हेर्ने गरिएको छ, ’ अभियन्ता थापाले भने ‘ यो सोचमा ने परिवर्तन ल्याउन जुरुरी छ ’ उनले भने । सरकारले सन २०३० भित्र नेपाललाइ बालविवाहमुक्त गराउने लक्ष्य लिए पनि ठोस कार्यक्रम भने नआएको कार्कीको गुनासो छ । बालबिवाह न्युनीकरणमा सबैले हातेमालो गर्नु पर्ने उनी बताउछन । यस्तै चन्द्राटामा गरिएको कार्यक्रमका सहभगीहरुले आफनो घर समाजमा बालबिवाह हुन नदिने संकल्प समेत लिएका छन ।

प्रकाशित मिति : १० माघ २०७४ बुधबार ००:००  ६ : ०४ बजे