१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

वाणगंगा खानेपानीमा कार्कीको नेतृत्व



अबिनाश बेल्बासे, कपिलबस्तु, ११ माघ ।
बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिती बाणगंगा २ कपिलबस्तुको चौथो साधारणसभा तथा प्रथम अधिबेशनबाट अध्यक्षमा बिश्व कार्की चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा राधा भट्टराई, सचिबमा निर्मला केसी, कोषाध्यक्षमा ओम प्रसाद न्यौपाने सहित १३ सदस्यिय कार्य समिती चयन गरीएको छ । अध्यक्षमा चयन भएसंगै कार्कीले खानेपानीको अभाव नहुने गरी उपभोक्ता र संस्था दुबैकोे हितमा काम गर्ने बताउनुभयो ।
कार्यक्रम उद्घाटन हुनु पूर्व बोल्दै निबर्तमान अध्यक्ष अमर थापा मगरले नया नेतृत्वले संस्थालाई मजबुत बनाउनुका साथै उपभोक्ताको सुझाब सल्लाहलाई आत्म साथ गर्दै अघि बढ्नु पर्ने बताउनुभयो ।
साधारणसभामा कोषाध्यक्ष मेनुका खनालले आर्थिक बर्ष ०७३÷०७४ को १ करोढ २५ लाख ८ हजार ६ सय ६९ बराबरको आयव्यय प्रस्तुत गर्नुभयो भने सचिब बंशराज थारुले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला खानेपानी सरसफाई सभ डिभिजन कार्यालय तौलिहवाका प्रमुख कैलाश नायकको प्रमुख आतिथ्यता, बाणगंगा नगरपालिका नगर प्रमुख मङ्गल थारुको बिशिष्ठ आतिथ्यता, वडा नं. २ का वडा अध्यक्ष बिष्णु पौडेल, सुरक्षा निकायका प्रतिनिधी, शिक्षक, बिभिन्न संघ सस्थाका प्रतिनिधी, सो क्षेत्रका बुद्धिजीबी, समाजसेबी लगायत सयौको उपस्थिती रहेको थियो ।
सो क्षेत्रमा रहेको खानेपानीको समस्या हटाई स्वच्छ पानी बितरण गर्ने उद्देश्यले बिं सं २०६३ सालमा स्थापना गरिएको यो खानेपानी संस्थाले हाल १३ सय १९ घरधुरीलाई खानेपानी उपलब्ध गराएको छ ।
निबर्तमान अध्यक्ष अमर थापा मगरको अध्यक्षता, उपाध्यक्ष लिला छन्त्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिब बंशराज थारुले गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ३ : ४८ बजे