५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

न्याय माग्दै इलाका प्रशासन



कपिलवस्तु, ११ माघ ।
उर्मिला कुवँर माथी अन्याय भएको भन्दै यहाँका महिला समुहहरुले प्रदेश प्रमुख उमाकान्त झा समक्ष पिडितलाई न्याय दिलाउन माग गरेका छन ।
जनजागृती महिला समुह बाणगंगा नगरपालिका ८ चप्परगाँउ र उद्यमशिल महिला समुह बाणगंगा ८ बोडगाउंका २५ जनाको महिला समुहले संयुक्त रुपमा इलाका प्रशासन कार्यालय, ४ नम्बर, जितपुर मार्फत प्रदेश प्रमुख झा समक्ष ज्ञापनपत्र बुझाएका हुन ।
गत कार्तिक १८ गते रामघाट मेला हेरी घर फर्किने क्रममा हाल थुनामा रहेकी किशोरीलाई रमेश ढाडी भन्ने व्यक्तिले जबरजस्ती बलात्कार गर्न खोजेको र किशोरीले प्रतिकार गर्दै गुहार माघेपछी भाग्ने क्रममा मृतक लडेर घाईते भएका थिए । उक्त घटना भएको अर्को दिन उपचारको क्रममा ढाडीको मृत्यु भएको खबर बाहिरिएको थियो ।
आर्थिक मिलेमतोमा घटनालाई प्रहरीले उल्टो अनुसन्धान गरिरहेको ज्ञापनपत्रमा आरोप लगाइएको छ । ढाडीले आफु बिरुद्ध बलात्कार गर्ने प्रयास गरेको भन्ने किशोरीको मौखिक उजुरी दर्ता नगरी प्रहरीले गम्भिर गल्ती गरेको महिलाहरुले आरोप लगाएका छन ।
उक्त बिषयमा किशोरीलाई न्याय दिलाउन छुट्टै आयोग गठन गर्नुका साथै किशोरी निर्दोश देखिने गरी तत्काल फैसला गर्न जोडदार मागका साथ बुधबार यहाका महिला समुहले उक्त ज्ञापन पत्र इलाका प्रशासन कार्यालय, चार नम्बरमा बुझाएका हुन ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ३ : ५४ बजे