१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

हृदयघातका कारण एमाले नेता खनालको निधन



पार्वती पाण्डे, कपिलवस्तु, ११ माघ ।
नेकपा एमालेका जिल्ला कमिटि सदस्य एवं कपिलवस्तु नगरपालिका वडा नं ६ का वडा सदस्य समेत रहनु भएका यज्ञ प्रसाद खनालको विहिवार ह्रदय घातका कारण मृत्यु भएको छ । उहाँको ५७ वर्षको उमेरमा निधन भएको हो । खनालको निधन प्रति नेकपा एमाले कपिलवस्तुले गहिरो दुःख व्यक्त गरेको छ । पार्टि अध्यक्ष झविलाल पोख्रेल द्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरिएको हो ।
असामयिक रुपमा भएको खनालको निधनले पाटिलाई अतुलनिय क्षती भएको भन्दै मृत्तक प्रति हार्दिक श्रद्धान्जली र परिवारजन प्रति समवेदना प्रकट गर्दछौ विज्ञप्तीमा भनिएको छ । मृतक खनालका दुई श्रीमती , १ छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको शुक्रबार विहान ८ वजे रामघाटमा दाहसंस्कार गरिने नेकपा एमालेका जिल्ला सदस्य युवराज पोख्रेलले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ४ : ४१ बजे