१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

नेपाल पत्रकार महासंघलाई संस्थागत रुपमा अघि वढाइने



कपिलवस्तु १२ माघ ।
नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुको वैठक विहिवार बसेको छ । शाखा अध्यक्ष डिलाराम भुषालको अध्यक्षता सचिव हरि अधिकारीको सञ्चालनमा तौलिहवामा बसेको वैठकले हाल सम्म महासंघले गरेको गतिविधिका वारेमा समिक्षा गरेको छ । आगामी दिनमा पत्रकारीता पेशालाई मर्यादित बनाउदै महासंघलाई संस्थागत रुपमा अघाडि बढाईने , जिल्लाका विकास निमार्णका गतिविधिलाई प्राथमिकताका साथ उठान गरिने अध्यक्ष भुषालले जानकारी दिनु भयो । त्यस्तै यहि माघ २० गते भित्र महासंघका सबै सदस्यहरुले अनिवार्य रुपमा सदस्यता नविकरण गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७४ शुक्रबार ००:००  २ : १७ बजे