२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

६६ औ अन्तराष्ट्रिय भन्सार दिवस कृष्णनगरमा मनाइयो



किरणमान ब्रजाचार्य, कपिलवस्तु, १३ माघ ।
‘आर्थिक विकासका लागि सुरक्षित ब्यवसायिक वातावरण’ भन्ने नाराका साथ कपिलवस्तुमा पनि ६६ औ अन्तर्राष्ट्रिय भन्सार दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसमा बिभिन्न खेल समेत खेलाइएको थियो । कृष्णनगर भन्सार कार्यालयद्धारा आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ का सदस्य बिरेन्द्र कुमार कनौडियाले कष्णनगरमा सुख्खा बन्दरगाहा र तेस्रो मुलुकबाट समेत माल आयातका सुबिधा सहीतको भन्सार बनाउन आफुले पहल गर्ने बताउनुभयो । बिगतका तुलनामा कृष्णनगर भन्सारमा सेवा सुबिधाहरुको बिस्तार भएको भन्दै उहाले भन्सार कर्मचारी र ब्यापारी बीच सुमधुर संबन्ध हुनु पर्नेमा जोड दिनुभयो ।
भारतले बढनी सम्म बोडगेज रेलवे सेवा बिस्तार गरेको बेला अब कृष्णनगरको स्तर उन्नती हुन जरुरी रहेको उहाले बताउनुभयो । कार्यक्रममा प्रजिअ मदन भुजेलले भन्सार प्रशासनलाइृ अझ सश्क्र बनाउनु पर्ने बताउनुभयो । उहाले लक्ष्य भन्दा बढी राजस्व संकलन हुनु राम्रो कुरा भए पनि यसको स्तर र सेवा सुबिधा बढाउनु पर्ने बताउनुभयो । कृष्णनगर नगरपालिकाका मेयर रजनप्रताप शाहले खाद्य सुरक्षाका लागि भए पनि सुख्खा बन्धरगाहा बनाउनु पर्ने बताउनुभयो ।
भन्सार एजेन्ट बिरेन्द्र कुमार यादवले एएसडी प्रबिधिमा बिल तथा तस्रो मुलुकबाट समेत माल निकासी पैठारीको कारोवार गर्न पाउने किसिमले कारोवार गर्न पाउने गरी स्तरउन्नती गर्नु पर्ने बताउनुभयो । सो अवसरमा प्रमुख भन्सार अधिकृत बिन्देश्वर प्रसाद लेखकले भन्सारलाई ब्यापारीको सुबिधा अनुसार प्रबिधिमैत्री बनाईएको बताउनुभयो । भन्सारमा बिगतमा भएका धेरै कमजोरीहरु हटाईएको र ब्यापारी मैत्री सेवा दिने गरेको बताउनुभयो ।
ब्यापारीहरुलाई सहजीकरण हुने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता गरेका थिए । भन्सारले चालु आर्थिक बर्षको माघ ११ गते सम्म लक्ष्य ६६ प्रतिशत प्रगति गरेको बताउनुभयो । माघ ११ गते सम्म २ अर्व ७४ करोड २७ लाख असुली भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७४ शनिबार ००:००  २ : ५९ बजे