१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

तीन करोडको लगानीमा लेयर्स पालन



मायादेवी अनलाइन, कपिलवस्तु ।
तीन करोडको लागतमा कपिलवस्तुको वाणगंगा नगरपालिका भित्र लेयर्स कुखुराको व्यवसायिक पालन थालिएको छ । माउण्ट एभरेष्ट एग्रीकल्चर प्रालिको नामबाट वानपा–५ मधौलीयामा १२ हजार लेयर्स कुखुराको व्यवसायिक पालन थालिएको हो । आठ जनाको सामुहिक लगानीमा पालन थालिएको लेयर्स कुखुराको फर्म जिल्लामै ठुलो रहेको माउण्ट एभरेष्ट एग्रीकल्चर प्रालिका अध्यक्ष युवराज पोख्रेलले दाबी गरे । पोख्रेलका अनुसार १२ हजार लेयर्स कुखुरा पालन गरिएको हो । कुखुराले हाल दैनिक ९ हजार अण्डा उत्पादन गर्दै आएको अध्यक्ष पोख्रेलले बताए । अण्डामा देशलाई आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ लेयर्स कुखुराको पालन थालिएको उनले बताए । ‘तीन बर्ष देखि पालन थालिएको लेयर्स कुखुरामा लगानी तीन करोड पु¥याएका छौँ उनले भने, अझै लगानी थपेर कुखुराको संख्या बढाउने योजना बनाएका छौँ ।’
डेढ विगा क्षेत्रफलमा पाँच ओटा फर्म बनाई लेयर्स पालन गरिएको हो । फर्ममा नौ जना कामदारले प्रत्यक्ष रोजगारी पनि पाएका छन । हाइलाइन जातको अण्डा उत्पादन गर्ने लेयर्स कुखुराको अण्डाबाट मासिक २७ लाखको कारोबार हुने व्यवस्थापक नन्दराम पोख्रेलले बताए । उत्पादित अण्डालाई बजारमा पठाउन कुनै समस्या नरहेको व्यवस्थापक पोख्रेल बताउँछन । ‘उत्पादित अण्डा विक्री गर्न कुनै समस्या छैन उनले भने, बरु अण्डाको भाउमा बेलाबेला आउने उतारचढापले समस्या पार्ने गरेको छ ।’ राज्यबाट बजार भाउमा एकरुपता ल्याउनुपर्नेमा पोख्रेलको माग छ । “राज्य संग हाम्रो कुनै माग छैन उनले भने, बजार मूल्यमा एकरुपता ल्याउन पहल गरोस ।” भारतीय खुल्ला सीमानाकाको कारण नेपाली अण्डाको विक्री वितरणमा समस्या आउने गरेको उनको भनाई छ । भारताट खुलेयाम नेपाल भित्रने अण्डा सस्तो हुन्छ, त्यसले गर्दा नेपाली अण्डाको बजार भाउमा उतारचढाप आउँछ उनले भने । लगानीको हिसाबले नेपाली कृषकलाई राज्यले केहि नगरे पनि भारतीय कृषकलाई राज्यले थुप्रै कुरामा लगानी गरेको उनले बताए । नेपाली उत्पादन र भारतीय उत्पादन संगै कुनै तुलना गर्न मिल्दैन ।
यता अण्डाको कारोबार गर्दै आएका व्यवसायीले पनि आफु खुसी अण्डाको भाउ निर्धारण गर्दा समस्या आउने गरेको सरोज खनालको भनाई छ । फर्ममा अण्डाको उत्पादन बढी भए पछि व्यवासायीले मूल्य घटाउने र कम भए मूल्य बढाउने गर्दा निकै समस्या आएको खनालले जनाए । फर्मबाट कम मूल्यमा अण्डा खरिद गरे पनि बजारमा अण्डाको भाउ एकै नासको हुन्छ, उनले भने, “राज्यले यस विषयमा ध्यान दिन जरुरी छ ।”
१२ हजार लेयर्सलाई बढाएर १५ हजार पु¥याउने लगानीकर्ताको उद्देश्य छ । देशलाई कृषिमा आत्मनिर्भर बनाउने गरिे कृषि क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्तालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा सुन्दर पाण्डेको जोड छ । करोडौको लगानीमा कुखुराको फर्म सञ्चालन गर्ने काम कम चुनौतीपूर्ण नरहेको उनको भनाई । “कुखुरा पालनमा करोडौ लगानी गर्नु कम चुनौतीपूर्ण छैन, तरपनि कृषिमा केहि गरौँ भन्ने उद्देश्य छ यसमा राज्यले पनि प्रोत्साहन गर्नुपर्छ पाण्डेले भने ।

प्रकाशित मिति : ११ चैत्र २०७४ आइतबार ००:००  ११ : ४७ बजे