२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

उवा संघको क्षेत्रगत उपसमिति गठन



हरि अधिकारी, जितपुर ।
कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर अन्तरगत चारनम्बर जीतपुरको क्षेत्रगत उपसमिति संघको कार्यालयमा गठन भएको छ । चारनम्बर जीतपुर बजारको क्षेत्रगत सदस्यहरुको भेलाले प्रेम पौडेलको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको हो ।
संघका क्षेत्रगत सदस्य विरेन्द्र खाँणको अध्यक्षता तथा सदस्य शालिकराम भुसालको संचालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, उपाध्यक्ष छविरेश्मी मगर, महासचिव लक्ष्मण अधिकारी, सचिव मनोज पौडेल, कोषाध्यक्ष मोहन न्यौपाने, सह–कोषाध्यक्ष कृष्ण प्रसाद गैरै लगाएतको आतिथ्यतामा सम्पन्न भएको थियो ।
भेलाले मंगलबार हुदै आएको बजार बन्दलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । सोही बन्दको दिनलाई संघको नेतृत्वमा बजार क्षेत्रको नियमित सरसफाई गर्दै बजार क्षेत्रलाई क्लीन सिटी बनाउने निर्णय गरेको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो । संघले वाणगंगा नगरपालिकासंग आवश्यक समन्वय गरेर व्यवसायी दर्ताको लागि कपिलवस्तु उद्योग वाणिज्य संघबाट अनिवार्य सिफारिस गर्नुपर्ने निर्णय गरेको छ । विकास निर्माणका सवालमा संघसंग सहकार्य गरेर जाने सहमति भएको महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  २ : ४४ बजे