१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

उखुको खुदो र गुँडमा रमाउँदै गुल्मेली कृषक



मायादेवी अनलाइन, गुल्मी ।
बारीमा लगाएको उखुले राम्रो बजार पाउन थालेपछि गुल्मीका किसानले त्यसको विविधीकरण गर्दै उखुको रसबाट खुदो र गुड (सखर) बनाएर राम्रो आम्दानी गर्न थालेका छन् ।
उखुका लागि जिल्लाकै पकेट क्षेत्र मानिएका थानपति, बलेटक्सार, हर्दिनेटा,र दिगामका किसानले उखुको व्यवसायिक खेतीलाई विविधीकरण गरेर आम्दानी गर्न थालेका हुन् । खुदो र सखर बिक्री गरेर किसानले वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । जिल्लाभर खुदो र सखर बिक्रीको कारोबार १ करोड रुपैयाँभन्दा बढी छ ।
रिडी–तम्घास सडक मुख्यखण्डमा पर्ने थोर्गाका किसानले उत्पादन गरेको गुँड उपहारका रुपमा जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतसम्म पुग्ने गरेको छ । त्यस्तै बुटवल, नारायणघाटसम्म आयोजना हुने व्यापारिक मेला र औद्योगिक प्रदर्शनीमा थोर्गाको गुँड देखेपछि मानिसहरुले खोजीेखोजी लैजाने गर्दछन् ।
किसानले बारीमा लगाएको उखु काटेर सफा गरेपछि त्यसलाई गोरुको प्रयोग गरेर काठ तथा फलामबाट बनेको मेसिनको माध्यमवाट रस निकाल्छन् । उखुबाट निकालेको रसलाई फिल्टर गरेर आगोमा पकाएर खुदो तयार गरिन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४ बुधबार ००:००  ४ : २८ बजे