१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

गहुँको उत्पादन वृद्धि अनुमान



पार्वती पाण्डे, कपिलवस्तु ।
यस बर्ष कपिलवस्तुमा गहुँ खेतीको उत्पादन १० देखि १२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यस पाली हिउँदे पानी नपरे पनि कुनै रोग नलागेकोले गहुँको उत्पादन बढ्ने अनुमान गरिएको जिल्ला कृषि कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले बताउनु भयो ।
उहाँका अनुसार यस वर्ष ३० हजार ७ सय हेक्टरमा लगाइएको गहुँ खेतीको उत्पादन १ लाख ४ हजार ३ सय ८० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष २७ हजार ९ सय २७ हेक्टरमा लगाइएको गहुँ खेती ९३ हजार ५ सय ५५ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लामा बील एल एक हजार २२ बियज, गौतम, भृकुटी, युपी २ सय ६२, आदित्य, एनएल २ सय ५१ लगायतका जातका गहुं लगाईएको कृषि कार्यालयले जनाएको छ । कार्यालयले समयमा २५ प्रतिशत गहँुको विउ किसानहरुलाई वितरण गरेको र कृषि कार्यालयबाट समय समयमा प्राविधिक सहयोग गरेको कार्यालयले जनाएको छ ।
जिल्लामा विजय, नेपाल २ सय ९७ , गौतम, भृकुटी, वाणगंगा, त्रिलोत्तमा जातका गहुँ उत्पादन हुने गरेको छ । बढिमा मात्रामा विजय र भृकुटी जातका गहुँहरु बढि मात्रामा लगाइने र उत्पादन हुने बताइएको छ । त्यस्तै वाणगंगा र त्रिलोत्तमा जााँतका गहुँ भने नयाँ उत्पादन रहेको कृषि कार्यालयले जनाएको छ ।
कार्यालयले गरेको अनुगमनका क्रममा जिल्लाको स्थानिय तहहरु कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, वाणगंगा, वुद्धभुमि, महाराजगञ्ज, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका, शुद्धोधन, मायादेवी, यशोधरा गाउँपालिकामा लगाईएको गहुँको खेती विगतमा भन्दै अझै राम्रो देखिएकोले उत्पादन बढ्ने अनुमान गरिएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७४ बुधबार ००:००  ४ : ४० बजे