२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

एक बर्षभित्र प्रदेश ५ पूर्ण साक्षर बन्छ – मन्त्री बराल



मायादेवी अनलाइन, बुटवल ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई एक वर्षभित्र पूर्ण साक्षर बनाउने बताउनुभएको छ ।

शिक्षाको विकास विना समृद्धिको कल्पना गर्न नसकिने भन्दै उहाले प्रदेश सरकारले बनाउने नीति तथा कार्यक्रममा प्रदेशलाई साक्षर बनाउने योजना पहिलो प्राथिमकतामा रहेको बताउनुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसान (एनप्याब्सन) ले शिक्षामा सुधारका लागि बुझाएको अवधारणापत्र बुझेपछि मन्त्री बरालले प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानमा आवश्यक परे आफू र मन्त्रालयका सचिवहरु समेत खटिने बताउनुभयो ।

मन्त्री बरालले सरकारी विद्यालयका शिक्षकहरुले तलब सुविधा अनुसार राम्रोसँग नपढाएकाले शैक्षिक स्तर खस्केको स्वीकार गर्नुभएको छ ।

नीजि विद्यालयका शिक्षकहरुले मेहनत गरेकाले नै नतिजा राम्रो आएको उल्लेख गर्दै उहाले नीजि क्षेत्रको योगदान बिर्सन नमिल्ने स्पष्ट पार्नुभयो ।

नगरपालिका र गाउँपालिकामा प्राविधिक शिक्षालय तथा प्रत्येक जिल्लामा कम्तीमा एउटा स्नातकसम्म पढाई हुने विज्ञान कलेज स्थापनाको योजनालाई प्रदेश सरकारले अगाडि बढाउने बताउनुभएको छ ।

एन प्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेल र प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्यायले संयुक्तरुपमा अवधारणा पत्र बुझाउंदै सामुदायिक तथा संस्थागत विद्यालय र विद्यार्थीबीच विभेद नगर्न माग गर्नुभयोे ।

उच्च शिक्षा अध्ययनमा नीजि विद्यालय पढेका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा सहभागी नगराइनु अन्याय भएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १५ चैत्र २०७४ बिहिबार ००:००  १ : ४१ बजे