६ असार २०८३, शनिबार | Sat Jun 20 2026

लोप हुने अवस्थाका बीउ बीजन संरक्षणमा स्थानीय जुटे



मायादेवी अनलाइन, नवलपरासी ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१४ अग्यौलीका किसान यतिबेला लोप हुने अवस्थामा रहेका बीउबीजन संरक्षणमा जुटेका छन् ।

स्थानीयस्तरमा बीउबीजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले सामुदायिक बीउ बैँकको स्थापना गरिएको हो । विसं २०६८ मा कोठा भाडामा लिएर स्थापना गरेको यस बीउ बैँकले विसं २०६९ मा स्थानीय तथा नगरपालिकाले गरेकोे रु आठ लाख २५ हजारको सहयोगमा आफ्नै भवन निर्माण गरी स्थानीयवासीलाई सेवा दिँदै आइरहेको छ ।

बीउ बैँक सञ्चालनमा आएपछि स्थानीय तथा हाइब्रिड जातका बीउका लागि स्थानीयवासीले खेप्नुपरेको समस्या हटेको स्थानीय किसान बताउछन् । पर्याप्त मात्रमा गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन थालेपछि बीउ बैँकको महत्व पनि बढ्दै गएको छ ।
स्थानीय कृषकलाई आवश्यक तरकारी, धान गहुँलगायतका बीउका लागि टाढाटाढा जानुपर्ने बाध्यतासमेत हटेको कावासोती– १४ की कृषक कुमारी महतो बताउनुहुन्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७४ शनिबार ००:००  १ : ५१ बजे