५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पूर्व कप्तान विलकिन्सको स्वास्थ्य अवस्था गम्भीर



इङल्याण्ड ।
इङल्याण्ड फुटबल टिमका पूर्व कप्तान रे विलकिन्सको स्वास्थ्य अवस्था गम्भीर भएको छ । विलकिन्सको अवस्था क्रिटिकल भएपछि उनलाई लण्डनको सेन्ट जर्ज हस्पिटलमा भर्ना गरिएको छ । इङल्याण्डको जर्सिमा ८४ वटा क्याप जितेका विलकिन्सको परिवारले उनको अवस्था एकदमै नाजुक भएको बताएका छन् । ६१ वर्षीय विलकिन्सले म्यानचेस्टर युनाईटेडका साथै एसी मिलान, रेञ्जर्स र क्युपिआरबाट खेलेका थिए ।

उनले म्यानचेस्टर युनाईटेडबाट खेल्दा क्लवले १९८३ मा एफ ए कपको उपाधि जितेको थियो । यस्तै स्कटिस लिगको उपाधि रेञ्जर्सले जित्दा १९८९ मा उनि क्लवमा थिए । राष्ट्रिय टिमबाट ८४ खेल खेल्दा कप्तानका रुपमा उनले १० खेल खेलेका थिए ।

उनी २००८ देखि २०१० सम्म चेल्सीको सहायक प्रशिक्षकका रुपमा रहेका थिए । यो बेला उनीसँगै गुस हिडिङ्क र कार्लो एन्सेलोटी क्लबका प्रशिक्षक थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७४ शनिबार ००:००  ३ : ०७ बजे