५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी



रासस, धनगढी ।
रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ ।
कैलालीको धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा आज भएको खेलमा काठमाडौंँ गोल्डेन्सले स्थानीय टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको हो । टिम चौराहले टस जितेर ब्याटिङ गर्दै काठमाडाँँै गोल्डेन्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

उक्त विजय लक्ष्य काठमाडाँै गोल्डेन्सले १८ दशमलव ४ ओभरमा पुरा ग¥यो । काठमाडौँका लागि अमित श्रेष्ठले सर्वा्धिक ८१ रन बनाए । उनले ६५ बल खेल्दै चार छक्का र नौ चौका हाने । नरेश बुढाऐरले अविजित २४ रन तथा जयकिशन कोल्सावालाले १६ रन बनाए ।

बलिङतर्फ टिम चौराहका सुनिल धमला र सम्साद शेखले एक÷एक विकेट लिए । यसअघि टिम चौराहले निर्धा्रित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । टिम चौराहका लागि सुनिल धमलाले सर्वा्धिक ६८ रन बनाए । उनले ५७ बल खेले । शंकर रानाले ३६ तथा राजु रिजालले १० रन बनाए ।

बलिङतर्फ काठमाडाँै गोल्डेन्सका साहब आलमले ह्याट्रिक विकेट लिए । उनले खेलको १८ औँ ओभरमा लगातार तीन विकेट लिएका हुन् । आलमले तेस्रो बलमा सुनिल धमला, चौथो बलमा सोमपाल कामी तथा पाँचौँ बलमा सोनु तामाङको विकेट लिएका थिए । आइतबार महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७४ शनिबार ००:००  ३ : ४३ बजे